CG Electronics
IME Life
Ncell NPL

कडा प्रतिस्पर्धामा पनि वित्तीय सबलता कायम गर्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्र दिनप्रतिदिन प्रतिस्पर्धी र चुनौतीपूर्ण बन्दै गइरहेको छ । तीव्र गतिमा परिवर्तन भइरहेको वातावरणमा बीमा कम्पनीहरुले आफ्नो व्यवसाय वृद्धि र नाफा कायम राख्न ग्राहक सेवा र सञ्चालन दक्षमतामा निरन्तर सुधार गर्नुपर्ने आवश्यकताकाबीच आर्थिक वर्ष २०८१/८२ असार मासन्तमा व्यवसाय विस्तारमा एचईआईले उल्लेखनीय सफलता हासिल गरेको छ ।

यस अवधिमा कम्पनीले कुल ४.०३ अर्ब प्रिमियम आर्जन गरेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकको वृद्धि हासिल गर्न कम्पनी सफल भएको छ । तीव्र प्रतिस्पर्धात्मक बजारमा हासिल भएको यस सफलता ग्राहक महानुभावहरुको निरन्तरको विश्वास, सञ्चालन उत्कृष्टता र सम्पूर्ण कर्मचारीवर्गको निरन्तरको मिहिनेत र लगनशिलताको उपचको रुपमा कम्पनीले बुझेको छ ।

यसैगरि समीक्षा अवधिमा कम्पनीले कुल १ अर्ब ६५ करोड कुल दाबी भुक्तानी गरेको छ । छिटो छरितो र सहज हिसाबबाट नियामकीय व्यवस्था अनुरुप दाबी फछ्र्यौट गर्दै ग्राहक सेवामा अब्बल रहन निरन्तर प्रयास कायम रहने कम्पनीले जनाएको छ ।

वार्षिक उपलब्धि हासिल गरेपछि भिडियोमार्फत सबैलाई सम्बोधन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले यो उपलब्धीले नयाँ उर्जा, आशा र आत्मविश्वास मिलेको उल्लेख गरिन । यो सबैका लागि नयाँ बेन्चमार्क हुने जसलाई आधार मानेर थप उचाइमा पुग्ने अपेक्षा गरेको बताए । अबको आर्थिक वर्षमा कम्पनीले ग्राहक सन्तुष्टि र सम्बन्ध सुदृढीकरणलाई निरन्तरता दिँदै डिजिटाइजेसन र प्राविधिक आधुनिकीकरणलाई प्राथमिकता दिएको जानकारी दिए ।

प्राकृतिक प्रकोप लगायतका कारणबाट भएको क्षतिको दाबी फछ्र्यौट विशेष प्राथमिकतामा रहने कम्पनीले जनाएको छ । प्राकृतिक प्रकोप लगायतका कारणबाट भएको क्षतिको दाबी फछ्र्यौट विशेष प्राथमिकतामा रहेको कम्पनीले जनाएको छ । यी चुनौतीहरुकाबीच पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले देशका उत्कृष्ट निर्जीवन बीमा कम्पनीहरुमा आफ्नो स्थान निरन्तर सुरक्षित राख्न सफल भएको छ । हालसम्म हासिल यस उपलब्धिबाट आफ्नो व्यवसायिक प्रतिष्ठा वृद्धि गर्दै तल्लो तहसम्म बीमाको पहुँच र ग्राहककेन्द्रित सेवामा आफूलाई समर्पित गरेको विश्वास छ ।

वित्तीय चुनौतीका बावजुद पनि एचईआईले समयमै दाबी भुक्तानी गर्न र निरन्तर दाबीलाई सुधार गर्न सफल भएको छ । तीव्र प्रतिस्पर्धी बजार, प्राकृतिक प्रकोप लगायतका कारणले बढ्दो दाबी भुक्तानी, सञ्चालन खर्चमा भएको वृद्धिका बाबजुद प्रति शेयर आम्दानीमा निरन्तर वृद्धि गर्दै शेयरधनीहरुलाई स्थिर प्रतिफल दिन सक्षम रहने विश्वास कम्पनीले लिएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले तीव्र प्रतिस्पर्धात्मक बजारमा पनि ग्राहकको विश्वास, सञ्चालन उत्कृष्टता र वित्तीय सुदृढतामा केन्द्रित रहँदै आफ्नो सफलता निरन्तर कायम राखेको छ । बढ्दो प्रतिस्पर्धाका बाबजुद पनि कम्पनीले अपनाएको दूरदर्शी रणनीति र अनुशासित कार्यान्वयनले आगामी दिनमा थप उचाई हासिल गर्न कम्पनी सफल हुने अपेक्षा गरिएको छ ।

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...