CG Electronics
IME Life
Ncell NPL

दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्ना ग्राहकहरूका लागि “महाबचत बजार” सेलको घोषणा गरेको छ ।

श्रावण २ देखि श्रावण १५ गतेसम्म सञ्चालन हुने यो भव्य सेल अन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा सगरमाथाको चुचुरो झैँ उच्च ८० प्रतिशत सम्मको छुट, निःशुल्क डेलिभरी, र २ करोड रुपैयाँ बराबरको भौचर लगायतको लाभ लिन सकिनेछ ।

महाबचत बजार सेल अन्तर्गत फ्ल्याश सेलमार्फत ग्राहकहरूले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफरहरु प्राप्त गर्न सकिनेछन् । । यस अभियानमा सहभागी ब्रान्डहरूबाट प्रदान गरिने छुटहरू मा प्लेटिनम पार्टनरका रुपमा रहेका सिताफिल, किक, एईवीबी, मार्सियो र युनिलिभर मार्फत २५ प्रतिशत सम्मको छुट, गोल्ड पार्टनरहरू, ¥होटो, एंकर र मम्बड्स मार्फत ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नु हुनेछ । त्यसैगरी, सिल्भर पार्टनरहरू, ब्राण्डहाउस, जीसीजी आईवेयर, न्यानो र अर्कका तर्फबाट ६० प्रतिशत सम्म छुटको पनि ब्यवस्था रहेको छ ।

“महाबचत बजार” सेलको मुख्य आकर्षणका रुपमा ८ देखि ८ हजार ८ सय ५८ सम्मका मेगा डिलहरू मा ८, रु. ४८, रु. ८४८, र रु. ८,८५८ मा पाइने मेगा डिलहरू पनि समावेश गरिएको छ । साथै, जियासिसको ८ केजी क्षमताको वासिंग मेसिन ४९,९९९, वानप्लस नोर्ड सीईफाइभ ४८,९९९, अकारिटेक ४३ ईञ्च स्मार्ट एलईडी टीभी . ३२,९४०, रेडमी नोट १४ फाइभजी ३०,९९९, भरटेक्स २४ ईञ्च गेमिंग मोनिटर १८,९९९ र अकारीटेक ६० लिटर रेफ्रिजिरेटर १६,९९० लगायत सीमित स्टकमा मात्र रु. ८,८४८ मा उपलब्ध हुनेछन् ।

महाबचत बजार सेल अन्तर्गत दुईजना भाग्यमानी ग्राहकले १० हजार ४९९ पर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल ८ हजारमा खरिद गर्न सक्नु हुनेछ । त्यसैगरी, भ्यान्स, अर्क, नाईक, पोशिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाईटेक्स, अलेवा लगायत १ सय भन्दा बढी ब्रान्डहरूका उत्पादनहरु फ्ल्याट ६० प्रतिशत छुटमा उपलब्ध हुनेछ ।

बैंक तथा ईसेवाका माध्यमबाट खरिदमा प्रिपेमेन्ट लाभ
दराजले महाबचत बजारका माध्यमबाट ग्राहकहरुले थप लाभ लिन सकुन् भन्ने सोचका साथ यस सेलका लागि सात बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि उपलब्ध गराउने घोषणा गरेको छ । यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि, १५ प्रतिशत छुट ७५० सम्म र डेबिट कार्ड प्रयोगकर्ताहरूका लागि १० प्रतिशत छुट ५ सय सम्म उपलब्ध गराइने छ ।

योजनामा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा बैंक सहभागी रहेका छन् । त्यस्तै, ईसेवा वालेट प्रयोगकर्ताहरूले रश आवर डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधा सेल अवधिभर उपलब्ध हुने दराजले जानकारी दिएको छ ।

महाबचत बजार महोत्सवका अवसरमा दराजले हाई भ्यालु पर्चेजमा हाइ भ्यालु रिवार्ड्स प्रदान गर्ने योजना बनाएको छ । जस अन्तर्गत १ लाख भन्दा बढी खर्च गर्ने ग्राहकले १० हजार छुटको भौचर प्राप्त गर्न सकिनेछ । यही श्रावण २ गते राति १२ बजेबाट सुरु हुने यो अफर सीमित अवधिका लागि मात्र लागू हुने भएकाले लाभ उठाउनका लागि सक्दो चाँडै समावेश हुनका लागि दराजले अनुरोध गरेको छ ।

बैंक अफर, दैनिक फ्ल्याश सेल, ईसेवा छुट र मेगा डिलहरूका साथमा आयोजना गरिने यो “महाबचत बजार” महोत्सव वर्षकै सबैभन्दा फाइदाजनक किनमेलको अवसर बन्नेमा दराज विश्वस्त रहेको छ ।

 

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...