Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

 

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि जनकपुर बोल्ट्स र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजबीच स्पोन्सरशिप सम्झौता भएको छ। बुधबार काठमाडौंमा आयोजित एक विशेष समारोहका क्रममा सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज खतिवडा र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिश गौतमले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज एनपीएल सिजन २ का लागि जनकपुर बोल्ट्सको आधिकारिक स्पोन्सरका रूपमा रहनेछ। कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले यो सहकार्यले नेपाली खेलकुद क्षेत्रमा नयाँ उर्जा थप्ने र युवालाई क्रिकेटतर्फ आकर्षित गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

सीईओ अनिश गौतमले क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजले सदैव युवाको विकास र अवसर सृजनामा जोड दिने बताउँदै खेलकुद पनि त्यसैको अभिन्न हिस्सा भएको उल्लेख गरे। त्यस्तै जनकपुर बोल्ट्सका सीईओ निरज खतिवडाले सहकार्यबाट टोलीलाई थप बलियो बनाउन सहयोग पुग्ने बताए।

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ८% नगद लाभांश वितरण स्वीकृत

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र...