CG Electronics
IME Life
NIMB

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल ले साना तथा मझौला व्यवसायी संकटमा परे नेपालको अर्थतन्त्र, बैंकिङ प्रणाली र राजस्व संरचनामै गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।

अर्थबजार डटकमद्वारा मंगलबार आयोजित आगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै बोल्दै दाहालले राज्यको वर्तमान नीति र कर प्रणालीका कारण मध्यम वर्गीय व्यवसायी सबैभन्दा बढी दबाबमा परेको बताए । ‘ठूला व्यवसायी आफ्नो संरचनाले टिकिरहेका छन्, गरिब वर्ग खर्च गरेर बाँचिरहेको छ, तर चुलो बाल्ने मध्यम व्यवसायी नै अहिले सबैभन्दा बढी मारमा परेको छ,’ उनले भने ।

उनले मध्यम व्यवसायीले नै रोजगारी सिर्जना गर्ने, साना वर्गको चुलो बाल्ने र ठूला उद्योगलाई बजारसम्म पुर्याउने काम गरिरहेको उल्लेख गर्दै सरकारको आगामी बजेटले यही वर्गलाई केन्द्रमा राख्नुपर्ने बताए ।

दाहालका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा तरलता भए पनि व्यवसायीले ऋण लिन नसक्ने अवस्था बनेको छ। ‘१५ अर्बभन्दा बढी कर्जा बजारमा जान सकेको छैन। लाखौँ व्यवसायी कालोसूचीमा छन्। उनीहरूले बैंक, फाइनान्स र राज्यलाई तिर्न सकिरहेका छैनन्,’ उनले भने, ‘यो गाँठो कसरी फुकाउने भन्नेमा सरकारले तत्काल सोच्नुपर्छ ।’

पर्यटन क्षेत्रबारे बोल्दै उनले भूकम्प, कोरोना महामारी र पछिल्ला कर नीतिले पर्यटन व्यवसाय थला परेको बताए। टिकटिङ व्यवसायमा लगाइएको भ्याटले साना ट्राभल एजेन्सीहरू समस्यामा परेको उनको भनाइ थियो।

दाहालले नेपालमा पर्यटनको सम्भावना अत्यन्त ठूलो भए पनि नीति अभावका कारण अपेक्षित लाभ लिन नसकिएको बताए। ‘२०१७ देखि २०२५ सम्म आउँदा पनि नेपालले वार्षिक करिब १२ लाख पर्यटककै हाराहारी पार गर्न सकेको छैन,’ उनले भने।

उनले भुटानको उदाहरण दिँदै पर्यटनसँगै कृषि उत्पादनको खपत बढाउने नीति आवश्यक रहेको बताए। ‘यदि होटलहरूले अनिवार्य रूपमा नेपाली उत्पादन प्रयोग गर्ने नीति ल्याइयो भने पर्यटनसँगै कृषि र रोजगारी दुवै क्षेत्र चलायमान हुन्छ,’ उनको भनाइ थियो।

दाहालले कोरला नाकालाई रणनीतिक रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिए। चीन र भारत दुवैको चासो कोरला नाकामा बढिरहेको उल्लेख गर्दै उनले नेपालले त्यसलाई व्यापारिक तथा धार्मिक पर्यटनको केन्द्र बनाउन सक्ने बताए ।

उनका अनुसार हाल नेपालमार्फत करिब २५ हजार भारतीय पर्यटक कैलाश मानसरोवर यात्रा गरिरहेका छन्। ‘यदि कोरला नाका व्यवस्थित गरियो भने यो संख्या पाँच लाखसम्म पुर्याउन सकिन्छ, जसबाट वार्षिक एक खर्बभन्दा बढी आर्थिक गतिविधि सम्भव हुन्छ,’उनले दाबी गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै कोरला नाका र भिसा सेन्टरलाई जोडेर धार्मिक पर्यटन विस्तार गर्न सकिने उनको भनाइ थियो । दाहालले साना व्यवसायीलाई भ्याट प्रणालीमा जबर्जस्ती तान्ने नीति पुनरावलोकन गर्न सरकारसँग माग गरे। ‘३० लाख कारोबार पुगेकै आधारमा भ्याटमा लैजाने प्रणालीले व्यवसायी टिक्न सकिरहेका छैनन्,’ उनले भने, ‘दर घटाएर दायरा बढाउने नीति आवश्यक छ ।’

उनले डलर भित्र्याउने क्षेत्र—जस्तै पर्यटन, ट्राभल, ट्रेकिङ, कन्सल्टेन्सी र आईटी सेवा—मा सरकारले भ्याट नलगाउन सुझाव दिए । दाहालले आगामी बजेटले मध्यम वर्गीय व्यवसायी, पर्यटन क्षेत्र र डलर आर्जन गर्ने उद्योगलाई केन्द्रमा राखेर नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए।

सगरमाथा संरक्षण र दिगो पर्वतारोहण आजको आवश्यकता : राष्ट्रपति पौडेल

सगरमाथा संरक्षण र दिगो पर्वतारोहण आजको आवश्यकता...

वि.सं.२०८३ जेठ १३ बुधवार १०:०४

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार...

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन : महासचिव पराजुली

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५०

  काठमाडौं । नेपाल हिमालयन सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र...

व्यवसायमैत्री एमआरपी प्रणाली आवश्यक : महासचिव नवीन लुइटेल

व्यवसायमैत्री एमआरपी प्रणाली आवश्यक : महासचिव नवीन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:४७

  काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव नवीन लुइटेलले...

उत्पादन र प्रविधिमैत्री नीति बिना आर्थिक आत्मनिर्भरता सम्भव छैन : वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल

उत्पादन र प्रविधिमैत्री नीति बिना आर्थिक आत्मनिर्भरता...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:४४

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष...

औषधिको भन्सार सिस्टममा होस् : पवन आचार्य

औषधिको भन्सार सिस्टममा होस् : पवन आचार्य

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:४१

  काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ (मीयान) का अध्यक्ष...

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस् : रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस्...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३८

  काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले...