CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशतले बढेर १७० करोड पुग्याे

NIMB
Himalayan Bank

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । उच्च प्रतिस्पर्धात्मक अवस्थामा पनि बैंकको वित्तीय विवरणमा राम्रो सुधार देखिएकोले सबैभन्दा पहिला विवरण सार्वजनिक गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकले एक अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको सेयर पुँजी ८ अर्ब ५ करोड रुपैयाँ छ । विभिन्न रिजर्भसहित बैंकको कोर क्यापिटल ११ अर्ब २४ करोड रुपैयाँ छ । पुँजी पर्याप्तता अनुपान १२.८८ प्रतिशत देखिएको छ ।

बैंकले असार मसान्तसम्ममा करिव ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा सापटी ७५ अर्ब २९ करोड र सेयरमा लगानी ११ अर्ब १५ करोड छ । तरलता अभागका वाबजुत बैंकले गत वर्ष १४ अर्ब निक्षेप वृद्धि गरेको छ भने १३ अर्ब कर्जा सापटी वृद्धि गरेको छ । विभिन्न कम्पनीको सेयरमा बैंकले ३ अर्बभन्दा बढी लगानी थपेको छ । बैंकको वासलात १ खर्ब १२ अर्ब रुपैयाँको भएको छ ।

बैंकको महत्वपूर्ण परिसूचकहरुमा राम्रो सुधार देखिएको छ । खराव कर्जा शुन्य दशमलव ३७ प्रतिशतमा झरेको छ । बेस रेट घटेर १०.३७ भएको छ ।  त्यस्तै स्प्रेड दर ४.२७ प्रतिशतमा झरेको छ ।  राष्ट्र बैंकका अनुसार स्प्रेड दर साढे ४ प्रतिशतभन्दा कम हुनु पर्नेछ । कर्जा निक्षेप अनुपत करिव ७७ प्रतिशतमा सीमित रहेको छ । कष्ट अफ फण्ड केही बढेर ७.८८ प्रतिशत पुगेको छ ।

यस बैंकको सेयर मूल्य प्रतिकित्ता २७१ छ भने मूल्य आम्दानी अनुपात १२.४८ छ । प्रति सेयर नेटवर्थ १३९.५७ रहेको छ । पुँजी पर्याप्तता अनुपात टाइट हुँदै गएकोले चालु आर्थिक वर्षमा विजनेश विस्तार गर्ने बैंकले सेयरधनीलाई बोनस सेयर दिनुपर्ने देखिएको छ । यदि ऋणपत्र जारी गर्ने वा अन्य सहायक पुँजी थप्ने वा मर्जरमा जाने बाटो समात्यो भने बैंकले सेयरधनीलाई नगद लाभांश मात्र दिनसक्छ ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...