महालक्ष्मी विकास बैंकले विश्व क्यान्सर दिवसको अवसरमा सर्वसाधारण लाई सचेतना
Thursday Feb 13, 2020
वि.सं.२०७६ फागुन १ बिहीवार ०८:००

७६ काठमाडौं,फागुन१:विश्व क्यान्सर दिवसको अवसरमा सर्वसाधारण लाई सचेतना अभिवृद्धिका लागि विराटनगर प्लाटियम राउण्ड टेवल ११ ले दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
यसै गरि मिति २०७६ माघ २५ गते उक्त राउण्ड टेवलको आयोजनामा कुनै पनि विपन्न परिवारका बाल वालिकाहरु थैलेसीमिया क्यान्सर भएर अकालमा मृत्यु वरण गर्नु नपरोस भनी महालक्ष्मी विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य अनुरुप राउण्ड टेवल ११ ले उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोति दुगडको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमको अवसरमा महालक्ष्मी विकास बैंकलेउक्त रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित सुगन्ध थालेसीमियाप्रोजेक्टलाई रु.२,५०,०००.०० दुईलाख पचास हजारको आर्थिक सहयोग गरेको छ ।

महालक्ष्मी विकास बैंक विराटनगर शाखाले सो क्षेत्रमा आयोजित एक कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक राउण्ड टेवलका पदाधिकारीलाई उपलव्ध गराएको छ ।

साथै बैंकको तर्फबाट भविष्यमा अझै सहयोग गर्ने वचन वद्धता व्यक्त गर्नु भएको थियो भने क्लवका अध्यक्षबाट बैंकले आफ्नो सामाजिक सेवा तर्फ गरेको सहयोग प्रति आभार प्रकट गर्दे उक्त सहयोग राशीलाई सो रोगबाट ग्रसित बाल बालिकाहरुलाई निःशुल्क स्वास्थ्य उपचार गराउने विश्वास दिलाउनु भयो । साथै अन्य क्षेत्र वर्ग र सहयोगीहरु संग समन्वय गरेर उक्त राशीलाई अझ वृद्धि गरि लक्षित वर्गमा सहयोग गर्ने बताउनु भयो ।





























