नेकपा (माले)को विद्यार्थी संगठन अनेरास्ववियूले २०५५ जेठमा कालापानी मार्चका बेला प्रकाशित
Saturday May 23, 2020
वि.सं.२०७७ जेठ १० शनिवार १०:०३

काठमाडौं – नेपालको सिमाना लिम्पियाधुरा देखाउने यो नक्शा तत्कालीन नेकपा (माले)को विद्यार्थी संगठन अनेरास्ववियूले २०५५ जेठमा कालापानी मार्चका बेला प्रकाशित गरेको थियो । यतिबेला केही मानिसहरु ६ महिना अघि शुरु गरेको आफ्नो अभियानका कारण नेपाल सरकारले लिम्पियाधुरा देखिने नक्शा जारी गरेको भन्दै बधाइ दिने र खाने अभियानमा व्यस्त छन् ।
एकजना सीमाविदले २०५७ सालमा लिम्पियाधुरा देखिने नक्शा सहित किताब प्रकाशित गर्दा सबैले हाँसोमा उडाएको बताइरहेका छन् । समाजमा इतिहास एउटाले निर्माण गरेको हुन्छ, त्यसको जस लिन वास्तविकतालाई लुकाउन खोज्ने एकथरी मानिसहरुबीच निरन्तर होड बाजी जारी रहन्छ ।
नेपाल सरकारले लामो जनसंघर्ष र जनदवाबका कारण पछिल्लोपटक लिम्पियाधुरासहितको नक्शा प्रकाशित गरेपछि यतिबेला केही व्यक्तिहरु त्यसको श्रेय आफूले लिन अस्वस्थ प्रतिस्पर्धामा छन् । वास्तविकता लुकाएर रचिने झूठो इतिहास कति दिगो होला
२०५५ जेठमा अनेरास्ववियूद्वारा प्रकाशित लिम्पियाधुरा देखिने नेपालको नक्शा सहितको यो पोष्टर मेरो संकलनमा छ ।























