IME Life
NIMB

उत्तरगयाँ गाउँपालिकाले बीस बर्षे रणनीतिक गुरुयोजना बनाउँदै

NIMB
Himalayan Bank

 

रसुवा । रसुवा जिल्लाको उत्तरगयाँ गाउँपालिकाले २० बर्षे रणनीतिक गुरुयोजना बनाउने भएको छ । उत्तरगया गाउँपालिकाको समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समेटेर आगामी २० बर्षे समष्टिगत योजना निर्माण गरिन लागेको हो । पालिकाले बनाउन लागेको २० बर्षे रणनीतिक गुरुयोजनालाई पूर्व सचिव डा मानबहादुर विके संयोजक रहेको एउटा टोलीले सहजीकरण गरिदिने छ ।

 

जनप्रतिनिधि,पालिकाका कर्मचारीहरु फिल्डमा गएर दुई महिनाभित्र पालिकाको सम्पूर्ण वस्तुस्थितीको सुक्ष्म विश्लेषण गरी प्रतिवेदन तयार गर्ने र आगामी ३० जेठसम्म पालिकालाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

 


यसको पूर्वतयारी स्वरुप विज्ञ,सरोकारवालाहरुलाई समेटेर ७ र ८ गते दुई दिनसम्म उत्तरगया गाउँपालिकाको २० बर्षे रणनीतिक गुरुयोजना गोष्टीको आयोजना गरेको हो ।

 

गोष्टीमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा पुष्प कँडेल,बीत्त आयोगका अध्यक्ष डा बालानन्द पौडेल,पूर्व सचिव मानबहादुर विके,इञ्जिनियर कपिल आचार्य,डा लेखनाथ पौडेल लगायतका विज्ञहरुले आ आफ्नो धारणा र सुझाव पेश गरेका थिए ।

 


सो कार्यक्रममा प्रतिनिधि सभाका रसुवा जिल्लाका सांसद मोहन आचार्यले पालिका अध्यक्ष माधव अर्यालले अहिलेसम्म सिकेको ज्ञान र आफ्नो चिनजानलाई प्रयोग गरी उत्तरगयालाई सम्बृद्ध पालिका बनाउन लागिपरेको बताए ।
यस्तै,रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले रसुवा जिल्लाकै नमूना कार्यक्रम उत्तरगयाँ गाउँपालिकाबाट प्रारम्भ भएको र यसको अनुशरण अन्य पालिकाले पनि गर्नुपर्ने बताए ।

यस्तै माओवादी केन्द्रका नेता मेघनाथ घिमिरेले पालिकाले अगाडि सारेको २० बर्षे रणनीतिक योजनालाई आफू र आफ्नो पार्टीले खुल्ला दिलले सहयोग गर्ने तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

 

एमालेका नेता तथा वडा अध्यक्ष डिल्ली सुवेदीले रसुवा जिल्लाकै नमुना कार्यक्रम कागजमा मात्र सीमित नहोस र नतुहिने खालको बनोस भन्ने शुभेच्छा व्यक्त गरे ।

 

काँग्रेसका जनकजीवन उपाध्यायले देशभरकै ७५३ पालिकामध्ये उत्तरगयाले नवीन सोचका साथ कार्यक्रम अगाडि सारेकोले त्यसलाई पूरा गराउन आफ्नो प्रतिवद्धता व्यक्त गरे ।

 

पालिका अध्यक्ष माधव अर्यालले सम्बृद्ध मुलुक निर्माण गर्नका लागि दिगो विकास लक्ष्यलाई स्थानीय स्तरमै लागू गर्ने नीति अनुरुप गुरुयोजना निर्माणमा लागेको बताए । उत्तरगया गाउँपालिकाको समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समेटेर आगामी २० बर्षे समष्टिगत योजना निर्माण हुने र यो गुरुयोजना सबै दलको साझा कार्यक्रम भएको उल्लेख गर्दै पालिकाले यसलाई सहजीकरणमात्र गरिदिएको बताए ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...