IME Life
NIMB

सुप्रसिद्ध गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

NIMB
Himalayan Bank

 

काठमाडौं । ओहायो अमेरिका : प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिमा निम्ति गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफा संस्था ” इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू एस ए” आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको स्थापना भएको छ।

 

चर्चित एवं लोकप्रिय गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो। उप्रेतीको नेतृत्वमा रहेको उक्त संस्थामा लोकप्रिय एवं प्रसिद्ध साहित्यकार एवं गीतकार अनु शाह उपाध्यक्षमा रहनु भएको छ भने महासचिवमा गीतकार नारद रिजाल, कोषाध्यक्षमा गीतकार रमेश लुइँटेल रहेका छन्।

 

त्यसैगरी बोर्ड अफ डिरेक्टरमा गीतकार डा. राजेश कुमार शाक्य, गीतकार एवं साहित्यकार केशव बैरागी, गीतकार एवं गायक तिलचन आचार्य, सुप्रसिद्ध गीतकार सुनिता थापा बस्नेत रहनु भएको संस्थाका अध्यक्ष उप्रेतीले जानकारी गराउनुभयो। चार प्रमुख कार्यकारी समेत रहने गरी जम्मा एघार जनाको बोर्ड अफ डाइरेक्टर रहने उक्त संस्थाको विधानमा उल्लेख रहेको छ।

 

संस्थालाई अभिभाकत्व प्रदान गर्न तथा संस्थालाई सदैव जीवित राख्न प्रमुख संरक्षकमा वरिष्ठ गीतकार एवं साहित्यकार ज्ञानेन्द्र गदाललाई सर्वसम्मत रूपमा संस्थाले चयन गरेको छ।

 

त्यसैगरी अन्तराष्ट्रिय संयोजक तथा प्रमुख प्रेस सल्लाहकारमा लोकप्रिय सञ्चारकर्मी सूर्य चन्द रहनुभएको छ भने नेपाल संयोजकमा म्युजिक भिडियो निर्देशक तथा कार्यक्रम प्रस्तोता प्रहिल कार्कीलाई मनोनयन गरिएको छ ।

 

अमेरिकाको ओहायो राज्यमा संस्थाको केन्द्रीय कार्यालय रहनेछ। त्यसैगरी संस्थालाई भविष्यमा अन्य देशहरू तथा अमेरिकाको विभिन्न राज्यहरूमा पनि शाखा कार्यालय स्थापना गरिने अध्यक्ष हरि उप्रेतीले जानकारी गराउनुभयो। संस्था स्थापना गर्नुको प्रमुख उद्देश्य परदेशमा वा प्रवासमा रहेका गीतकार तथा सर्जकहरूलाई आफ्ना सृजना पस्कने आधिकारिक र साझा थलो निर्माण गर्नु रहेको छ।

 

त्यसका साथै नेपाली गीत सङ्गीतलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनु , सृजना मार्फत आफ्नो भाषा साहित्यलाई संरक्षण र प्रवर्द्धन गर्दै पुस्तान्तरण गर्नु रहेको छ।

जहाँ र जुन देश अनि परिवेशमा रहे पनि आफ्नो संस्कृति र मौलिक पहिचान सर्वोपरि हुन्छ त्यसको संरक्षण भाषाका माध्यमबाट मात्र सम्भव हुने भएकाले यो संस्थाको आवश्यकता रहेको अध्यक्ष उप्रेतीले जानकारी गराउनुभयो। आगामी दिनहरूमा नयाँ सर्जकहरूलाई गीत लेखनमा प्रशिक्षण दिई सृजनाको स्तरलाई वृद्धि गर्ने संस्थागत उद्देश्य रहेको बताए।

गीत सृजना मार्फत सर्जकहरूले सामाजिक परिवर्तन गराउन सक्ने र जीवन दर्शनलाई प्रवाहित गर्न सक्ने भएकाले सृजना पस्कन निरन्तर प्रोत्साहन गर्ने प्रवासमा रहेर पनि नेपाली गीत सङ्गीत र साहित्यमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्दै अगाडि बढ्ने अर्को महत्त्वपूर्ण उद्देश्य रहेकाछन्।

हाल सम्म संस्थाले प्राप्त गर्नु पर्ने आधिकारिक प्रमाणपत्र राज्य सरकारबाट प्राप्त भइसकेको र आन्तरिक राजस्व विभागबाट पनि मान्यता प्रदान गरेको कुरा अध्यक्ष उप्रेतीले जानकारी गराउनुभएको छ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...