CG Electronics
IME Life
Ncell NPL

सिटिजन्स बैंकले ल्यायो स्मार्ट बचत खाता योजना

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

  ७६ काठमाडौं,२२माघ: सिटिजन्स बैंक इन्टरनेसनलले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्दै ‘सिटिजन्स स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत शुन्य मौज्दातमा खोल्न पाउने छन् ।

यस खाता अन्तर्गत ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार(एबीबीएस), अनलाइन कारोबार गर्न सुरक्षित थ्रीडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् । यस योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक वर्षको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यस खाता बाहकहरुले जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन ।

दैनिक मौज्दातमा ६ प्रतिशत ब्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको बैंकले जानकारी दिएको छ । यो खाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागज रहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५७

  चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश...

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:१३

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ...

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:११

  काठमाडौं, वैशाख — ICT Foundation Nepal ले ५० भन्दा...

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५५

  काठमाडौं, वैशाख ११ — Nabil Bank Limited ले पछिल्ला...

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५०

  काठमाडौँ । ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा...

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को चपेटामा देश—ड्युल इन्भर्टर एसीतर्फ बढ्दो आकर्षण

विशेष रिपोर्ट: प्रचण्ड गर्मी र ‘लु’ को...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:४४

काठमाडौँ । नेपालका विभिन्न भू-भागमा तापक्रमले रेकर्ड तोडिरहेको छ। तराईमा...