CG Electronics
IME Life
NIMB

उद्योग–व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न निजी क्षेत्रद्वरा सरकारसँग आग्रह

NIMB
Himalayan Bank

 

काठमाडौं । निजी क्षेत्रका प्रमुख व्यावसायिक संघ–संस्थाहरूले पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सरकारलाई उद्योग–व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय व्यवसायीहरूमाथि भइरहेका कारबाही र नियन्त्रणका गतिविधिले निजी क्षेत्र निरुत्साहित भएको बताएका हुन् ।

विज्ञप्तिमा मुलुकमा नयाँ सरकार गठनसँगै स्थायित्व र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिए पनि व्यवहारमा त्यसको विपरीत अवस्था देखिएको उल्लेख छ । निजी क्षेत्रले अर्थतन्त्रमा करिब ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पु¥याउँदै आएको दाबी गर्दै यस्ता गतिविधिले समग्र अर्थतन्त्र, रोजगारी, राजस्व तथा पूर्वाधार विकासमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ ।
संघ–संस्थाहरूले नियामक निकायका प्रतिवेदनका आधारमा मात्रै व्यवसायीलाई पक्राउ गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै कुनै पनि आर्थिक कसुरमा प्रमाणित भएपछि मात्र कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । अनुसन्धानमा सहयोग गर्न व्यवसायीहरू तयार रहे पनि अनावश्यक पक्राउ र हस्तक्षेपले निजी क्षेत्र त्रसित बनेको उनीहरूको भनाइ छ ।

त्यस्तै, व्यवसायीमाथि हुने यस्तो व्यवहारले लगानी वातावरणमा प्रतिकूल असर पार्ने, बैंकिङ क्षेत्रदेखि आपूर्ति शृंखलासम्म प्रभाव पर्ने र अर्थतन्त्र संकटतर्फ धकेलिन सक्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ । सरकारले पछिल्लो समय नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई समेट्न थालेकोप्रति सकारात्मक धारणा राख्दै संघ–संस्थाहरूले निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि बनाइएका रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनीहरूले संविधानले दिएको अधिकारको सम्मान गर्न र कसुर प्रमाणित नभएसम्म कसैलाई दोषी नठहरिने सिद्धान्तलाई व्यवहारमा लागू गर्न सरकारसँग पुनः आग्रह गरेका छन् ।

निजी क्षेत्रले नयाँ सरकारबाट लगानी वृद्धि, व्यवसायमैत्री वातावरण र आर्थिक गतिशीलताको अपेक्षा गरेको उल्लेख गर्दै वर्तमान गतिविधिले लगानीकर्ताको विश्वास कमजोर बनाउन सक्ने भन्दै सचेत गराइएको छ ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...