CG Electronics
IME Life
NIMB

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

NIMB
Himalayan Bank

 

काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध क्षेत्रको नीतिगत सुधार, बजार व्यवस्थापन, निर्यात प्रवर्द्धन तथा प्रविधि विस्तारका क्षेत्रमा उल्लेखनीय पहल गरेको जनाएको छ। किसानको भुक्तानी समस्यादेखि स्वदेशी दुग्धजन्य वस्तुको निर्यात प्रवर्द्धनसम्मका विषयमा संघले सरकार र सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्दै आएको छ।

संघका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड तथा केन्द्रीय दुग्ध सहकारी संघसँगको सहकार्यमा दुग्ध क्षेत्रका विभिन्न समस्याको समाधानका लागि पहल गरिएको छ। विशेषगरी किसानको भुक्तानीसँग सम्बन्धित समस्यामा निजी क्षेत्रको धारणा स्पष्ट रूपमा राख्दै आन्दोलन र विवादको अवस्था सिर्जना हुन नदिन संघले समन्वयकारी भूमिका निर्वाह गरेको जनाएको छ।

देशमा दुग्ध उत्पादन बढ्दै गएसँगै धूलो दूध, बटर, घिउ र छुर्पीजस्ता स्वदेशी उत्पादनको निर्यातलाई प्रोत्साहन गर्न संघले सरकारले लागू गरेको निर्यात अनुदान कार्यविधिमा सुधार गर्न सुझाव दिएको छ। आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा निर्यात तथा ब्याज अनुदानका साथै स्वदेशी उत्पादनको खपत बढाउने कार्यक्रम समावेश गर्न पनि आग्रह गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली डेरी उद्योगको पहुँच विस्तार गर्ने उद्देश्यले थाइल्याण्डमा आयोजित फूड एन्ड बेभरेज प्रदर्शनीमा ३२ उद्योगका प्रतिनिधि सहभागी भएका थिए भने भारतको नयाँ दिल्लीमा सम्पन्न ५२औँ अन्तर्राष्ट्रिय डेरी मेलामा पनि सदस्य उद्योगीहरूको सहभागिता सुनिश्चित गरिएको थियो।

आन्तरिक बजार व्यवस्थापनमा समेत संघले सक्रिय भूमिका खेलेको जनाएको छ। फ्लस सिजनमा उत्पादन बढी भएपछि अतिरिक्त दूधलाई देशभरका धूलो दूध उद्योगमा रूपान्तरण गराएर बजार व्यवस्थापनमा सहजीकरण गरिएको थियो। भरतपुर र नारायणगढमा सम्पन्न अन्तर्राष्ट्रिय डेरी एक्स्पोलाई सफल बनाउन पनि संघले योगदान दिएको उल्लेख गरिएको छ।

डेरी उद्योगमा प्रविधि र दक्षता अभिवृद्धिका लागि कोल्ड चेन प्रणालीसम्बन्धी प्राविधिक सेमिनार आयोजना गर्नुका साथै विभिन्न उद्योगमा छोटो अवधिका तालिम सञ्चालन गरिएको छ। दही, छुर्पी र आइसक्रिमको न्यूनतम गुणस्तर मापदण्डबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सुझाव दिइएको छ भने उद्योगीहरूलाई अनलाइन अनुमति पत्र नवीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममार्फत सहजीकरण गरिएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विश्व दूध दिवस–२०२६ का अवसरमा कालीमाटीस्थित आमाघरका वृद्धवृद्धालाई दुग्धजन्य पदार्थ तथा फलफूल वितरण गरिएको थियो। यसै क्रममा केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय पशुपालन सहकारी ललितपुरलाई आर्थिक सहयोग प्रदान गरिएको संघका निवर्तमान अध्यक्ष राजकुमार दाहालले बताउनु भयो ।

स्वदेशी उद्योग संरक्षणका लागि सीमा नाकाबाट हुने अवैध दुग्धजन्य पदार्थको आयात नियन्त्रण गर्न गृह मन्त्रालय र सशस्त्र प्रहरी बलसँग समन्वय गरिएको छ। साथै, हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा उन्नत नश्ल विकास र उत्पादकत्व वृद्धि कार्यक्रम अघि बढाइएको छ।

संघले आगामी दिनमा टिकटक, फेसबुक र रिल्सजस्ता डिजिटल माध्यममार्फत दुग्धजन्य पदार्थको खपत बढाउने अभियान सञ्चालन गर्ने तथा भारतको गुजरातस्थित विद्या डेरीसँगको सहकार्यमा गुणस्तर अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। पछिल्लो समय संघ पनि प्रविधिमैत्री बन्दै बजारमा निजी क्षेत्र पनि सशक्त भएर आउने अपेक्षा पनि गरिएको छ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...