IME Life
NIMB

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

NIMB
Himalayan Bank

 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’लाई सहयोग गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टमा ‘बिल जितौँ’ सुविधा सञ्चालनमा ल्याएको छ।

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरिरहेको छ।

कार्यक्रमअन्तर्गत नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बैंक वा वालेटको क्यूआरमार्फत डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबार स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुनेछन्। यसका लागि छुट्टै दर्ता गर्नुपर्ने व्यवस्था नरहेको बैंकले जनाएको छ।

माछापुच्छ्रे बैंकका ग्राहकले एमबीएल एम–स्मार्ट एपमा लगइन गरी ‘बिल जितौँ’ मेनुमा प्रवेश गरेपछि उपहार कार्यक्रमका लागि योग्य भएका कुल कारोबार संख्या, कारोबारको विस्तृत विवरण तथा उपहार विजेता भएमा त्यससम्बन्धी जानकारी हेर्न सक्नेछन्।

आन्तरिक राजस्व विभागले योग्य कारोबारमध्येबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गर्नेछ। जसअन्तर्गत प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात रु. १ लाख तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई रु. १० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।

बैंकले आफ्ना ग्राहकलाई रु. १०० भन्दा बढीको प्रत्येक खरिदमा क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान बिल लिन र सुरक्षित राख्न तथा एमबीएल एम–स्मार्टको ‘बिल जितौँ’ मेनुमार्फत आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।

डिजिटल बैंकिङलाई सहज, सुरक्षित र ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा सहकार्य गर्न बैंक निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

बैंकले ‘डिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सुरक्षित राखौँ र रु. १० लाखसम्मको उपहार जित्ने अवसर नछुटाऔँ’ भन्ने सन्देशसहित ग्राहकलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...