IME Life
NIMB

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

NIMB
Himalayan Bank

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो फोल्डको पहिलो आधिकारिक टिजर सार्वजनिक गरेको छ । आगामी अगस्ट १२ मा हुने औपचारिक सार्वजनिक कार्यक्रमअघि कम्पनीले सार्वजनिक गरेको छोटो भिडियोले नयाँ डिभाइसको प्रारम्भिक झलक दिएको हो ।

टिजर भिडियोमा स्मार्टफोनको बाहिरी आकृति, भित्री डिस्प्ले तथा पछाडिको क्यामेरा मोड्युल देखाइएको छ । सार्वजनिक गरिएको झलकअनुसार पिक्सेल ११ प्रो फोल्डको क्यामेरा डिजाइन अघिल्लो मोडेल पिक्सेल १० प्रो फोल्डसँग मिल्दोजुल्दो देखिन्छ । यसअघि सार्वजनिक भएका विभिन्न लिक तथा रेन्डरहरूका अनुसार नयाँ फोल्डेबल स्मार्टफोनको डिजाइनमा ठूलो परिवर्तन नआउने अनुमान गरिएको छ ।

डिभाइसमा ८ इन्चको भित्री डिस्प्ले रहने र गुगलको नयाँ टेन्सर जी ६ चिपसेट प्रयोग हुने अपेक्षा गरिएको छ । स्मार्टफोनमा ४,८०० एमएएच क्षमताको ब्याट्री रहने तथा पछाडिको क्यामेरा मोड्युलमा नयाँ ‘पिक्सेल ग्लो’ एलईडी फिचर समावेश गरिने चर्चा छ । रङ विकल्पतर्फ पिक्सेल ११ प्रो फोल्ड नयाँ पाइन रङका साथै कालो रङमा उपलब्ध हुने अनुमान गरिएको छ ।

गुगलले अगस्ट १२ मा आयोजना हुने कार्यक्रममा पिक्सेल ११ प्रो फोल्डका सम्पूर्ण प्राविधिक विवरण, विशेषता, मूल्य तथा उपलब्धताबारे औपचारिक घोषणा गर्ने जनाएको छ । नयाँ फोल्डेबल स्मार्टफोनमार्फत गुगलले बढ्दो फोल्डेबल बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउने अपेक्षा गरिएको छ । एएनआई

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १०...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५९

  काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष...

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय गाडी बजारमा बढ्दै चर्चा

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४०

  काठमाडौं । नेपालमा आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै चेरी...

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...