IME Life
NIMB

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

NIMB
Himalayan Bank

 

काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिले आज ललितपुरस्थित बालकुमारीमा आफ्नो नयाँ अत्याधुनिक इभी वर्कसपको औपचारिक उद्घाटन गरेको छ । नयाँ वर्कसपको उद्घाटन एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, डोंगफेंग मोटर्सका दक्षिण एसिया क्षेत्रकी विक्री निर्देशक हे जिसिन, डोंगफेंग मोर्टसका क्षेत्रीय सर्भिस म्यानेजर लि सिनचुंग तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा गर्नु भएको हो ।

एमएडब्लु वृद्धि इभी वर्कसप एउटा सर्भिस सेन्टर मात्र नभई एमएडब्लुको मूलमन्त्र ‘प्रतिबद्धता, विश्वास र उत्कृष्टता’को जीवन्त अभिव्यक्ति हो । यो वर्कसपमार्फत दिपल, नामी र सेरेसका ग्राहकले विश्वस्तरीय सर्भिसको अनुभव पाउनुहुनेछ ।

नयाँ इभी वर्कसपमा ९ वटा ‘डेडिकेटेड सर्भिस बे’ छन् जहाँ २४ जना ‘सर्टिफाइड इभी टेक्निसियन’ले दैनिक ३६ भन्दा बढी इभीको सर्भिसिंग गर्नेछन् । साथै यहाँ अत्याधुनिक ‘इभी ब्याट्री डायग्नोस्टिक सिस्टम’ पनि रहेको छ ।

१५ हजार वर्गमिटरमा फैलिएको यो वर्कसपमा स्पेयर पार्टस भण्डार, प्राविधिकहरुको निरन्तर विकासका लागि समर्पित ट्रेनिंग रुम, ग्राहक प्रतिक्षालयको पनि व्यवस्था छ जसले एमएडब्लु वृद्धिको ‘प्रिमियम वनरसिप एक्सपिरियन्स’ को प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ ।

यो सर्भिस सेन्टरले काठमाडौं उपत्यका भित्र ‘पिकअप एन्ड ड्रप अफ’ सेवा, ‘फास्ट ट्रयाक सर्भिस’, २४ घन्टा सातै दिन ‘ब्रेक डाउन असिस्टेन्स’ र ‘डेडिकेटेड सर्भिस हटलाइन’ लगायतका सेवाहरु पनि प्रदान गर्छ ।

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय गाडी बजारमा बढ्दै चर्चा

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४०

  काठमाडौं । नेपालमा आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै चेरी...

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...