IME Life
NIMB

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । यसअघि आठ वटा विषयगत समितिले पूर्णता पाइसकेका थिए । महासंघमा विभिन्न २५ वटा समितहरु रहेका छन् ।
पछिल्लो पटक महासंघका केन्द्रीय सदस्यहरु हेमन्त गोल्छाको सभापतित्वमा बैंक, फाइनान्स तथा बीमा समिति, सविन श्रेष्ठको सभापतित्वको मेला समिति तथा संघर्ष विष्टको सभापतित्वको पर्यटन तथा हवाई यातायात समिति विस्तारसँगै महासंघअन्तर्गतका थप तीन समितिले पूर्णता पाएका हुन् । महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा महासंघका विभिन्न विषयगत समितिका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।

 

कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गर्दै महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले महासंघका विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताहरू पहिचान गर्ने महत्वपूर्ण संयन्त्र भएको बताउनुभयो । उहाँले समितिहरूलाई आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या तथा नीतिगत विषयमा गहन अध्ययन गरी महासंघमार्फत सरकारसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्न आग्रह गर्नुभयो । “महासंघका विषयगत समितिहरूको सक्रियता नै निजी क्षेत्रको सशक्तीकरण र मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो,” कार्यबाहक अध्यक्ष वैद्यले भन्नुभयो, “समितिहरूले निजी क्षेत्रका समस्या समाधानसँगै नयाँ सम्भावनाको खोजी, नीति निर्माणमा सहजीकरण र लगानी तथा व्यवसाय विस्तारका लागि वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ ।” उहाँले समितिहरूलाई परिणाममुखी ढंगले काम गर्न आग्रह गर्दै निजी क्षेत्रका साझा सवालमा महासंघको संस्थागत धारणा निर्माणमा समितिहरूको योगदान महत्वपूर्ण हुने बताउनुभयो ।

महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आधार भएको बताउनुभयो । उहाँले सम्बन्धित क्षेत्रका व्यवसायी तथा उद्यमीहरूका समस्या नजिकबाट बुझेर समाधानका लागि आवश्यक पहल गर्न समितिहरूलाई आग्रह गर्नुभयो ।
उहाँले समितिहरूले आफ्नो क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा सम्भावनाको अध्ययन गरी तथ्यमा आधारित सुझाव तथा नीतिगत प्रस्ताव महासंघमा पेश गर्नुपर्नेमा जोड दिनुभयो ।

 

महासंघका कोषाध्यक्ष मनीषलाल प्रधानले समितिहरूको सक्रियताले महासंघको संस्थागत क्षमता अझ बलियो बन्ने बताउनुभयो । उहाँले विषयगत क्षेत्रमा देखिएका समस्या पहिचान गरी त्यसको समाधानका लागि निजी क्षेत्र, सरकार तथा सरोकारवाला निकायबीच समन्वय कायम गर्न समितिहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
सो अवसरमा बैंक, वित्तीय तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ तथा वित्तीय क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि समिति सक्रिय रहने बताउनुभयो । उहाँले वित्तीय संस्थाहरूसँगको समन्वय बढाएर व्यवसाय विस्तार र लगानी प्रवद्र्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

व्यापार मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीहरूलाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित समितिले काम गर्ने बताउनुभयो । उहाँले मेलामार्फत स्वदेशी उत्पादनको प्रवद्र्धन, बजार विस्तार र व्यवसायीहरूबीचको सहकार्यलाई प्राथमिकता दिने धारणा राख्नुभयो ।
पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायातको सहजता, गुणस्तरीय पर्यटक आकर्षण र निजी क्षेत्रको लगानी सुरक्षाका लागि समितिले निरन्तर पहल गर्ने बताउनुभयो । उहाँले सरकारसँगको समन्वयमा पर्यटन पूर्वाधार विकास र नीतिगत सुधारमा जोड दिने प्रतिबद्धता जनाउनुभयो ।

महासंघले विषयगत समितिहरूलाई निजी क्षेत्रका विभिन्न क्षेत्रका समस्या तथा सम्भावना पहिचान गर्ने, नीतिगत सुझाव तयार गर्ने, सरकार तथा सम्बन्धित निकायसँग संवाद र सहकार्य गर्ने तथा महासंघको संस्थागत धारणा निर्माणमा योगदान पुर्‍याउने महत्वपूर्ण संयन्त्रका रूपमा अघि बढाउँदै आएको छ ।

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...