बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने
Tuesday Aug 04, 2026
वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२
काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयबाट सुशीलकुमार ओझाको संयोजकत्वमा समिति गठन गरेका हुन्।
समितिका सदस्यमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन्।
समितिलाई बिमा क्षेत्रको विद्यमान अवस्था अध्ययन गरी आवश्यक सुधारका सुझावसहितको प्रतिवेदन ९० दिनभित्र अर्थ मन्त्रालयमा बुझाउने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।























