सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
Monday Aug 03, 2026
वि.सं.२०८३ साउन १८ सोमवार २२:२५
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेत्रहीन महिला संघ नेपालका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
रोटरी क्लब अफ हिमालयन गल्फर्ससँगको सहकार्यमा शनिबार आयोजित कार्यक्रममा कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले शिक्षा समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको बताउँदै कम्पनीले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गरिन्। उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा रोटरी क्लब अफ हिमालयन गल्फर्सका पदाधिकारी, नेत्रहीन महिला संघ नेपालका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। शैक्षिक सामग्री प्राप्त गरेका विद्यार्थीहरूले सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो अध्ययनलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदायको समग्र विकासलाई प्राथमिकतामा राख्दै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ।























