IME Life
NIMB

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

NIMB
Himalayan Bank

 

महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शाखा कार्यालय महेन्द्रनगरमार्फत बेदकोट नगरपालिका–८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ।

विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। सामग्री वितरण कार्यक्रममा बेदकोट नगरपालिका–८ का वडा अध्यक्ष महेशदत्त जोशीको विशेष उपस्थिति रहेको थियो।

बैंकका महेन्द्रनगर शाखा प्रमुख कृष्णसिंह भाटले विद्यार्थीहरूलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गर्दै शिक्षा क्षेत्रको विकास तथा समुन्नत समाज निर्माणमा बैंकले आफ्नो सामाजिक दायित्वअन्तर्गत निरन्तर योगदान दिँदै आएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रममार्फत समुदायसँग सहकार्य गर्दै सकारात्मक परिवर्तनमा हातेमालो गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा अध्यक्ष महेशदत्त जोशीले सामुदायिक विद्यालयहरूमा अधिकांश विद्यार्थी आर्थिक रूपमा कमजोर परिवारबाट आउने भएकाले बैंकद्वारा प्रदान गरिएको शैक्षिक सहयोगले विद्यार्थीहरूको पठनपाठनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा बैंकका कर्मचारी, वडा अध्यक्ष, श्री बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

बैंकले आगामी दिनमा पनि सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...