IME Life
NIMB

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

NIMB
Himalayan Bank

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले महाराजगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुम उद्घाटन गरेर काठमाडौंमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ ।

एमएडब्लुले एपोलो मोटर्सलाई आफ्नो नयाँ डिलरका रुपमा नियुक्त गर्दै नेपाली उपभोक्तामाझ सहज ढंगले विश्वस्तरीय इभी पुर्याउने उद्देश्यमा महत्वपूर्ण उपलब्धी हासिल गरेको हो ।

दिपलको नयाँ सोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोद राज ज्ञवाली र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा गर्नु भएको हो ।

 

‘नेपाली इभी बजार एउटा रोमाञ्चक मोडमा आइपुगेको छ, र दिपलले यो रुपान्तरणको नेतृत्व गरिरहेको छ,’ उद्घाटन कार्यक्रममा बोल्नुहुँदै एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भन्नु भयो, ‘दिपलमा एउटा लिगेसी ब्रान्ड बन्ने सबै सम्भावनाहरु छन् र एमएडब्लु यो ब्रान्डलाई दशकौंसम्म टिक्ने लिगेसी ब्रान्डका रुपमा स्थापित गर्न प्रतिबद्ध छ ।’ उहाँले दिपलको मागलाई पूरा गर्न विभिन्न सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार गर्ने एमएडब्लुको उद्देश्यबारे पनि जानकारी गराउनु भयो ।

उद्घाटन समारोहमा फ्युचरिस्टिक आयाम थप्दै अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डलाई प्रदर्शनीमा राखिएको थियो जसले उपस्थित अतिथिलाई कृत्रिम बौद्धिकता र स्वचालनमा चांगानको दूरदर्शी दृष्टिकोणको प्रत्यक्ष अनुभव दिलाएको थियो ।

कार्यक्रममा एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले दिपलको काठमाडौंको अधिकृत डिलर बन्न पाउँदा हर्षित भएको बताउनु भयो । ‘यो एउटा कार सोरुममात्र होइन यो दिपलका आकांक्षित इभी मोडलहरुको वास्तविक अनुभव गर्ने एउटा गन्तव्य पनि हो,’ उहाँले भन्नुभयो ।

उद्घाटनकै दिन २० जना ग्राहकलाई दिपल इभी डेलिभरी गरिएको थियो । कार्यक्रमका दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवालीले नयाँ ग्राहकलाई चाबी हस्तान्तरण गर्नु भएको थियो ।

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

निसानको नयाँ ‘टेकटन’ एसयूभी अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै

निसानको नयाँ ‘टेकटन’ एसयूभी अगस्ट ११ मा...

वि.सं.२०८३ साउन २४ आइतवार २०:२३

काठमाडौं । निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ नेपालमा सार्वजनिक हुने...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...