IME Life
NIMB

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

NIMB
Himalayan Bank

 

काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को प्रभावका कारण यस वर्ष नेपालमा तापक्रम उल्लेख्य रूपमा बढ्ने र लामो समयसम्म तातो हावा चल्ने अनुमान गरिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै सिजी ब्रान्डले उच्च तापक्रममा पनि प्रभावकारी शीतलन प्रदान गर्ने उच्च कार्यक्षमताका एयर कुलरहरूको विस्तृत श्रृंखला बजारमा उपलब्ध गराएको छ।

कम्पनीका अनुसार निरन्तरको गर्मी र सम्भावित भोल्टेज उतारचढावलाई ध्यानमा राख्दै सिजीका एयर कुलरहरू विशेष प्रविधिसहित डिजाइन गरिएका छन्। खुला तथा अर्ध–खुला स्थानमा तत्काल चिसोपन उपलब्ध गराउन यी कुलरहरू प्रभावकारी समाधानका रूपमा प्रस्तुत गरिएको कम्पनीको दाबी छ।

 

 

सिजीले ग्राहकको आवश्यकता, स्थानको आकार तथा हावाको प्रवाहअनुसार विभिन्न मोडेलका एयर कुलर बजारमा ल्याएको छ। डेजर्ट कुलरमा उच्च पानी भण्डारण क्षमता र शक्तिशाली मोटर जडान गरिएको छ, जसले ठूला तथा खुला स्थानमा बलियो हावाको प्रवाह दिन सक्छ। टावर कुलर स्लिम तथा आकर्षक डिजाइनमा उपलब्ध छ, जसले कम स्थान ओगटेर कोठाभर समान रूपमा हावा वितरण गर्छ।

त्यसैगरी, पर्सनल कुलर साना कोठा वा व्यक्तिगत प्रयोगका लागि ऊर्जा–दक्ष विकल्पका रूपमा उपलब्ध छ भने विन्डो कुलर झ्यालमा जडान गर्न मिल्ने डिजाइनमा तयार गरिएको छ, जसले बाहिरी ताजा हावा भित्र ल्याई क्रस–भेन्टिलेसनलाई प्रभावकारी बनाउँछ।

सिजी एयर कुलरमा उन्नत हनीकम्ब कुलिङ प्याड, आइस च्याम्बर प्रविधि, कम विद्युत् खपत गर्ने ऊर्जा–दक्ष प्रणाली तथा इन्भर्टरमा समेत सञ्चालन गर्न मिल्ने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै, अटोमेटिक लुभर्स प्रणालीमार्फत कोठाको चारैतिर समान रूपमा हावा प्रवाह हुने व्यवस्था गरिएको छ।

‘एक्सपिरियन्स लाइफ विथ सिजी’ नाराअन्तर्गत कम्पनीले अत्यधिक गर्मी र एल निनोबाट उत्पन्न चुनौतीपूर्ण मौसममा उपभोक्तालाई आधुनिक, भरपर्दो र प्रभावकारी शीतलन समाधान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सिजीका एयर कुलरहरू देशभर रहेका २१ वटा सिजी डिजिटल शोरुम, कम्पनीका आधिकारिक वेबसाइट तथा आधिकारिक बिक्री केन्द्रहरूबाट खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...