CG Electronics
Ncell NPL
NIMB

नेपाल टेलिकमले पनि कोरोना रोकथामको अभियानमा सहयोग

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६काठमाडौं,६चैत:कोरोना भाइरसवाट बच्ने उपायका बारेमा ब्यक्तिगत र सामाजिक सस्थावाट सचेतना अभियान सुरु भएको छ । नेपालमा कोरोना आइनसकेको भएपनि रोकथामका लागि सरकार र गैरसरकारी तवरवाट अभियान सुरु भएको हो । सरकारले कोरोना भित्रन नदिन कठोर नियम लागू गरेको छ । सरकारलाई सहयोग गर्न ब्यक्तिगत र सामाजिक तवरवाट पनि अभियान सुरु भएका छन् ।

नेपाल टेलिकमले पनि कोरोना रोकथामको अभियानमा सहयोग पुर््याउन जानकारी दिने ब्यवस्था मिलाएको छ । नेपाल टेलिकमले ३२१०० नम्बर डायल गर्दा कोरोनाका बारेमा जान्नुपर्ने जानकारी सुन्न सकिने व्यवस्था गरेको छ । टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोभिड–१९ बारे जानकारीमूलक सामग्री आफ्‍नो मोबाइलमार्फत सार्वजनिक गरेको छ । मोवाइलमा ३२१०० नम्बर डायल गर्दा टेलिकमले राखेको जानकारी निःशुल्क सुन्‍न सकिन्छ ।

उक्त नम्बरमा कल गरे पश्चात् कोरोना लाग्दा हुने लक्षणहरु, फैलने तरिका, उपचार विधि पनि सुन्न सकिन्छ । साथै कोरोनावाट बच्‍न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी मुलक सामग्री राखेको छ विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा नेपाल टेलिकमले जानकारी राखेको टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ।३२१०० नम्बर डायल गरेपछि यस सम्बन्धि थप जानकारी लिनका लागि सरकारका हटलाइन नम्बरहरु समेत थाहा पाउन सकिने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै नेपाल टेलिकम नेटवर्कभित्र फोन गर्दा कलर रिंग ब्याक टोन (सीआरबीटी) मार्फत कोरोना भाइरसबारे सूचना प्रवाह गरेको छ। कोरोना भाइरस फैलन नदिन सतर्कता अपनाउन ब्यक्तिगत तवरवाट पनि सरकारलाई सहयोग गर्नेहरु बढेका छन् । होटल ब्यवसायीहरुले होटललाई आइसोलेसनका लागि प्रयोग गर्न अनुमति दिएका छन् भने काठमाडौंका केही घरधनीहरुले पनि आफ्नो घर उपलब्ध गराएका छन् ।

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक शोरुम

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:२९

  ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा...

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:१५

  काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका...