IME Life
NIMB

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट सम्पन्न गरेको छ । कम्पनीले पुर्वमा रहेका आफ्ना डिलरहरुलाई समेटेर यहि आइतबार मोरङको बिराटचोक स्थित नेपालइरिका होटलमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पुर्वका डिलर प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमले कम्पनी र डिलर नेटवर्कबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको छ ।

कार्यक्रममा डिलरका प्रतिनिधिहरुलाई हायरको नेपालमा वर्तमान बजार अवस्था, प्रतिस्पर्धात्मक स्थिति, सम्भावना तथा आगामी रणनीतिहरूबारे विस्तृत जानकारी दिइएको थियो । हायर ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता नियोटेरिक नेपालका जनरल म्यानेजर भास्कर मुनानकर्मीले कम्पनीको समग्र परिचय दिँदै गोल्छा अर्गनाइजेशन अन्तर्गत हायरको यात्रा, उपलब्धि र नेपालमा यसको विस्तारबारे जानकारी गराउनु भयो । उहाँले हायर ब्रान्डलाई नेपालमा स्थापित गर्न डिलरहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, कम्पनीका स्ट्राटेजिक बिजनेश हेड शैलेन्द्र झाले प्रस्तुती दिनुभएको थियो । उहाँले नेपालमा हायरको वर्तमान बजार अवस्था, प्रतिस्पर्धात्मक स्थिति, सम्भावना तथा आगामी रणनीतिहरूबारे विस्तृत जानकारी दिनुभयो । साथै उहाँले नेपालमा स्मार्ट होम तथा आधुनिक उपकरणहरूको बढ्दो मागलाई मध्यनजर गर्दै हायरले आफ्नो उपस्थिति अझ सशक्त बनाउने समेत बताउनु भयो । ।
कार्यक्रममा बोल्दै कम्पनीका सर्भिस हेड शुभाष खड्काले बिक्रि पश्चात ग्राहकलाई दिइने सर्भिसको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले कुनै पनि ब्रान्डको दीर्घकालीन सफलताका लागि गुणस्तरीय सर्भिस अपरिहार्य रहेको उल्लेख गर्दै डिलर नेटवर्कसँगको सहकार्य र प्रभावकारी समन्वयमार्फत ग्राहकलाई थप सेवा उपलब्ध गराउन सकिने धारणा व्यक्त गर्नुभयो ।

यस कार्यक्रममा हायरका नवीनतम तथा लोकप्रिय उत्पादनहरूको विशेष प्रोडक्ट डिस्प्ले पनि गरिएको थियो, जसले डिलरहरूलाई उत्पादनबारे प्रत्यक्ष जानकारी लिन र अनुभव गर्न सहयोग पु¥याएको छ । साथै, डिलरहरूसँग अन्तरक्रिया, अनुभव आदानप्रदान तथा विभिन्न इन्गेजमेन्ट गतिविधिहरूले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो ।

कार्यक्रमलाई अझ आकर्षक बनाउन मनोरञ्जनात्मक प्रस्तुति, नृत्य तथा सांगीतिक कार्यक्रमहरू पनि समावेश गरिएको थियो । उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो भने लक्की ड्रमार्फत सहभागीहरू विभिन्न उपहार समेत प्रदान गरिएको थियो । कार्यक्रमको समापनमा नियोटेरिक नेपालका प्रबन्ध निर्देशक सञ्जय गोल्छाले डिलरहरूलाई धन्यवाद ज्ञापन गर्दै डिलरहरुको निरन्तर सहयोग र विश्वासका कारण हायरले सफलता हात पारेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि हायर र डिलर नेटवर्कबीचको सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...