CG Electronics
IME Life
NIMB

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

NIMB
Himalayan Bank

 

इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो बजार विस्तार गर्दै सुनसरीको इटहरी–हल्गडामा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ।

ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यमा सञ्चालनमा आएको आधुनिक शोरूमको उद्घाटन असार २४ गते कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले संयुक्त रूपमा गरेका हुन्।

कम्पनीका अनुसार नयाँ शोरूममार्फत स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरलाई विश्वस्तरीय फ्लोर र वाल टायल्सका विभिन्न डिजाइन तथा विकल्प सहज रूपमा उपलब्ध गराइनेछ।

आधुनिक तथा ग्राहकमैत्री ढंगले डिजाइन गरिएको शोरूममा ग्राहकहरूले विभिन्न डिजाइन, प्याटर्न र फिनिसिङका टायल्स प्रत्यक्ष अवलोकन तथा अनुभव गरी आफ्नो घर वा व्यावसायिक परियोजनाका लागि उपयुक्त उत्पादन छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।

उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधिले ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यले इटहरी तथा आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रमा उच्च गुणस्तरीय टायलिङ समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए। विश्वस्तरीय डिजाइन स्थानीय बजारमै उपलब्ध गराएर घर निर्माण तथा पुनःनिर्माण गर्ने ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ।

हाल सर्वसाधारणका लागि खुला गरिएको शोरूममा इटहरी तथा आसपासका क्षेत्रका उपभोक्तालाई नयाँ टायल्स कलेक्सन अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ।

कजारिया रमेश टायल्स लिमिटेडले नेपालमै ठूलो टायल उत्पादन उद्योग सञ्चालन गर्दै आएको दाबी गरेको छ। कम्पनीका अनुसार यसले सुपरब्राण्ड २०२५, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ लगायतका अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ भने आईएसओ ९००१:२०१५ र आईएसओ १४००१:२०१५ प्रमाणीकरणसमेत हासिल गरेको छ।

कम्पनीले ३ हजारभन्दा बढी आधुनिक डिजाइनका टायल्स बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ। हाल नेपालभर १०० भन्दा बढी शोरूममार्फत सेवा प्रदान गरिरहेको कम्पनीको उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स, सेरामिक वाल टायल्स तथा हेभी–ड्युटी भिट्रिफाइड टायल्सलगायतका उत्पादन समावेश छन्।

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...