CG Electronics
IME Life
NIMB

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

NIMB
Himalayan Bank

 

काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति प्रतिबद्ध कुमारी बैंक लिमिटेड ले दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले जर्मन वित्तीय संस्था डिएसआईके (Deutsche Sparkassenstiftung für internationale Kooperation – DSIK) सँग रणनीतिक परियोजना सम्झौता गरेको छ।

जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रमअन्तर्गत एसियाका चयनित देशहरूमा वित्तीय क्षेत्रको सामाजिक तथा पारिस्थितिकीय रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो साझेदारी गरिएको हो।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र खनाल तथा डिएसआईकेको एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्न ले हस्ताक्षर गर्नुभएको हो।

दिगो बैंकिङ अभ्यासलाई संस्थागत तथा विस्तार गर्न साझेदारीलाई दुई चरणमा कार्यान्वयन गरिनेछ। यसमार्फत हरित बैंकिङ अभ्यासलाई बैंकको समग्र प्रणालीमा क्रमिक रूपमा समावेश गर्दै लैजाने लक्ष्य राखिएको छ।

कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख श्री अर्पण पौडेल का अनुसार, यो सम्झौता बैंकका लागि दिगो बैंकिङ अभ्यासको परिपक्वतातर्फको एउटा महत्वपूर्ण कोसेढुङ्गा हो। साझेदार संस्थाको प्राविधिक सहयोग तथा नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी को मार्गदर्शनमा बैंकले आफ्ना बैंकिङ अभ्यासलाई अन्तर्राष्ट्रिय अनुभव र उत्कृष्ट अभ्यासअनुरूप परिष्कृत गर्दै हरित वित्त, न्यून–कार्बन उत्सर्जन तथा दिगो र उत्थानशील उद्यमशीलताको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

सम्झौताअनुसार डिएसआईकेले आफ्ना स्वामित्वमा रहेका विशेष प्राविधिक उपकरणहरू, जस्तै ESG Risk Radar र Sustainable Finance Compass, उपलब्ध गराई प्राविधिक सहयोग प्रदान गर्नेछ। साथै, ग्रामीण क्षेत्र तथा साना एवं मझौला उद्यम (SMEs) को सशक्तीकरण र हरित उद्यमशीलताको क्षमता अभिवृद्धिका लागि DSIK Business Game समेत सञ्चालन गरिनेछ।

नेपालका अग्रणी वित्तीय संस्थामध्ये एक कुमारी बैंकले आफ्नो सुदृढ शाखा सञ्जालमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा विस्तार गर्नेछ। हाल बैंकले २८६ शाखा, ३०३ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ तथा १,१०० भन्दा बढी पीओएस टर्मिनलसहितको विस्तृत सञ्जाल र अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

ग्राहक–केन्द्रित नवीनता, पारदर्शी कार्यशैली तथा सुशासनका लागि परिचित कुमारी बैंक र डिएसआईकेबीचको यो सहकार्यले नेपालको दिगो आर्थिक विकास तथा स्वच्छ, हरित र जलवायु–उत्थानशील भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...