NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको दुई वर्ष पूरा भएको अवसरमा समीक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा आरबीसी कार्यान्वयनको दुई वर्षको समीक्षा, बीमकहरूको अनुभव आदान–प्रदान तथा प्रस्तावित परिमार्जनका विषयमा छलफल गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजीको कार्यान्वयन सफलतापूर्वक अघि बढिरहेको बताउनुभयो। उहाँले दुई वर्षको कार्यान्वयन अवधिमा देखिएका सकारात्मक र चुनौतीपूर्ण पक्षहरूको समीक्षा गरी आगामी कार्यदिशाबारे ठोस सुझाव दिन बीमकहरूलाई आग्रह गर्नुभयो।

बीमकहरूबाट प्राप्त सुझावका आधारमा जोखिममा आधारित पूँजीसम्बन्धी व्यवस्थालाई समयानुकूल र व्यावहारिक रूपमा परिमार्जन गर्दै लगिने उहाँको भनाइ थियो।

प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले आरबीसी प्रणाली अन्तर्राष्ट्रिय असल अभ्यास, निरन्तर सिकाइ, मूल्याङ्कन, समीक्षा र विश्लेषणका आधारमा थप प्रभावकारी बनाइने बताउनुभयो।

कार्यक्रममा प्राधिकरणकी उपनिर्देशक निर्मला मल्लले आरबीसी कार्यान्वयनको दुई वर्षको समीक्षा तथा प्रस्तावित परिमार्जनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले तथ्याङ्कको गुणस्तर सुधार, सूचना प्रणालीको सुदृढीकरण, बीमाङ्की जनशक्तिको क्षमता अभिवृद्धि, संस्थागत जोखिम संस्कृतिको विकास, जोखिम व्यवस्थापन सुदृढीकरण तथा समयमै प्रतिवेदन पेश गर्नुपर्नेमा जोड दिनुभयो।

जीवन बीमक संघ, नेपालका अध्यक्ष प्रवीण रमण पराजुलीले आरबीसी कार्यान्वयनका सम्बन्धमा संघले दिएका सुझावहरू समेटिएकोमा प्राधिकरणप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले आरबीसी कार्यान्वयनका क्रममा हासिल गरेका अनुभव आदान–प्रदान गर्नुका साथै जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिकामा रहेका विद्यमान र प्रस्तावित व्यवस्थाबारे जिज्ञासा राखेका थिए।

सो अवसरमा प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्तप्रसाद बोहराले प्राधिकरणले यस वर्षदेखि बीमा क्षेत्रका सम्पूर्ण तथ्याङ्क समेटिएको वार्षिक प्रकाशन सुरु गरेको जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो संस्करणका रूपमा ‘इन्स्योरेन्स स्टाटिस्टिकल इयर बुक २०८१/८२’ प्रकाशित गरिएको छ।

कार्यक्रममा जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, जोखिम व्यवस्थापन शाखा प्रमुख तथा आरबीसी सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्राधिकरणकी सहायक निर्देशक करूणा थापाले गर्नुभएको थियो।

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...