NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले कर्मचारीहरूको प्रतिबद्धता सुदृढ गर्ने उद्देश्यले शपथ ग्रहण समारोह आयोजना गरेको थियो। काठमाडौंस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले सम्पूर्ण कर्मचारीलाई शपथ ग्रहण गराउनुभएको थियो।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डे, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादवलगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रदेश कार्यालय तथा देशभरका शाखामा कार्यरत कर्मचारीहरू पनि भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत तिवारीले बैंकको गौरवशाली विरासतलाई कायम राख्दै वित्तीय क्षेत्रमा अग्रणी संस्थाको रूपमा आफ्नो स्थान अझ सुदृढ बनाउन प्रत्येक कर्मचारीले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूको निरन्तर अवलम्बनले बैंकमा सुशासन सुदृढ हुनुका साथै सञ्चालन उत्कृष्टता कायम राख्न सहयोग पुगेको बताउनुभयो।

उहाँले कर्मचारीहरूलाई नैतिकता, इमानदारी, नवीनता, ग्राहक–केन्द्रित सेवा र सहकार्यको भावनासहित उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गर्दै समर्पण, प्रतिबद्धता र सामूहिक प्रयासमार्फत चुनौतीलाई अवसर तथा आकांक्षालाई उपलब्धिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

वार्षिकोत्सवकै अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयसहित सबै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

यसैक्रममा बैंकले विराटनगरस्थित श्री लक्ष्मीनारायण वेद विद्याश्रमलाई प्रविधिमैत्री शिक्षाको प्रवर्द्धनका लागि स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। साथै, विराटेश्वर ज्येष्ठ नागरिक मैत्री क्लिनिकलाई आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

त्यसैगरी, सुर्खेतको वीरेन्द्रनगरस्थित शाखामार्फत श्री प्रभात माध्यमिक विद्यालय र श्री हरिदिल भूमि माध्यमिक विद्यालयलाई पनि स्मार्ट बोर्ड उपलब्ध गराइएको छ। यसबाट प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने बैंकको विश्वास छ।

नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ।

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...