नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै
Saturday May 16, 2020
वि.सं.२०७७ जेठ ३ शनिवार ११:०४

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज जेठ ३ गते शनिवार बस्ने भएको छ । काँग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी आज संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिएको हो ।
प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउने नीति तथा कार्यक्रम र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।-




























