CG Electronics
IME Life
NIMB

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताएका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले श्रमिक दिवस अर्थात् मे १ ले श्रमको मूल्य,मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको उल्लेख गरेका हुन् ।

नेपालको संविधानले न्यायपूर्ण राज्यका लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बिचको सन्तुलन लागि निर्देशक सिद्धान्त अपनाएको उल्लेख गरेका छन् ।

‘हामीले संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बिचको सन्तुलनका लागि यही निर्देशक सिद्धान्त अपनाएका छौँ’ सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै अध्यक्ष ओलीले भनेका छन् ‘हामीले सरकारमा रहँदा श्रमिक,रोजगारदाता र राज्यबिचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौँ ।’

अध्यक्ष ओलीले मानव गरिमाको रक्षा गर्न र श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीह्रुको विश्वव्यापी अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गरेका छन् । आफूले सरकारको नेतृत्व गरेका बेला राज्यको नीति,रोजगारदाता र श्रमिक बिच संवाद,सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढाएको स्मरण गरेका छन् ।

‘हाम्रो ध्येय थियो उद्योग चलोस, रोजगारी बढोस,श्रमिक सुरक्षित होउन, नाफाको न्यायोचित वितरण होस र देश समृद्ध बनोस’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन् ।

संविधानले तय गरेको यो सीमाबाट राज्य आज पनि विचलित हुनु नहुने अध्यक्ष ओलीको भनाइ छ ।

नीतिगत सुधार भए उर्जा क्षेत्रले अर्थतन्त्रको कायापलट गर्छ : उत्तम भ्लोन लामा

नीतिगत सुधार भए उर्जा क्षेत्रले अर्थतन्त्रको कायापलट...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०९:१६

  काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी...

ट्याक्सीको ‘कालो प्लेट’ लिनै १५ लाख ! सिण्डिकेट र चलखेल भएको भन्दै प्रणाली खारेज गर्न महाविर पुनको माग

ट्याक्सीको ‘कालो प्लेट’ लिनै १५ लाख !...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०९:१३

काठमाडौं । स्वतन्त्र सांसद महाविर पुनले ट्याक्सी व्यवसायमा देखिएको कर...

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा...

वि.सं.२०८३ जेठ ७ बिहीवार २२:२९

काठमाडौं। मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’...

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका...

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

  काठमाडौं । पाकिस्तान दूतावास, काठमाडौंले १३औँ वार्षिक ‘पाकिस्तानका राजदूत...

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...