CG Electronics
IME Life
NIMB

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता तथा डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओसँग साझेदारी गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक गरेको छ। विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न चाहने नेपाली समर्थकलाई लक्षित गर्दै अभियान सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

यो अभियान असार १६ देखि साउन १८, २०८३ (जुन ३० देखि जुलाई १८, २०२६) सम्म सञ्चालन हुनेछ। दैनिक यात्रासँगै डिजिटल मनोरञ्जनको अनुभव जोड्दै नेपाली फुटबल समर्थकहरूको विश्वकप हेर्ने अनुभवलाई अझ सहज र आकर्षक बनाउने उद्देश्य अभियानको रहेको बताइएको छ।

साझेदारीअन्तर्गत योग्य इन्ड्राइभ प्रयोगकर्ताले डीजीओ फुटबल सिजन पास खरिदमा विशेष छुट प्राप्त गर्नेछन्। साथै, उनीहरूले निःशुल्क स्ट्रिमिङ भाउचर जित्ने अवसर पनि पाउनेछन्, जसमार्फत मोबाइलबाट प्रत्यक्ष विश्वकप खेलहरू हेर्न सकिनेछ।

नेपालमा फुटबल अत्यन्त लोकप्रिय खेलमध्ये एक हो। विशेषगरी अन्तर्राष्ट्रियस्तरका प्रमुख प्रतियोगिताले देशभरका दर्शकको उल्लेखनीय ध्यान आकर्षित गर्ने गरेका छन्। विश्वकप २०२६ का धेरै खेल उत्तर अमेरिकी समयअनुसार सञ्चालन हुने भएकाले नेपालमा ती खेल मध्यरात तथा बिहान प्रसारण हुने अपेक्षा गरिएको छ। यसले डिजिटल तथा मोबाइल स्ट्रिमिङ प्लेटफर्मप्रति दर्शकको आकर्षण अझ बढ्ने अनुमान गरिएको छ।

इन्ड्राइभ र डीजीओले राइड–हेलिङ सेवा र खेलकुद स्ट्रिमिङ अनुभवलाई एउटै अभियानमार्फत जोड्दै प्रयोगकर्तालाई थप मूल्य प्रदान गर्ने लक्ष्य राखेका छन्।

अभियानअनुसार कुनै पनि प्रयोगकर्ताले एक साताभित्र इन्ड्राइभमार्फत कम्तीमा एक राइड पूरा गरेमा डीजीओ फुटबल सिजन पास खरिदमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। त्यस्तै, एक साताभित्र तीनवटा इन्ड्राइभ राइड पूरा गर्ने प्रयोगकर्ता स्वतः साप्ताहिक लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ उनीहरूले निःशुल्क डीजीओ फुटबल सिजन पास जित्न सक्नेछन्।

अभियान अवधिभर कुल २,५०० वटा डीजीओ फुटबल सिजन पास भाउचर वितरण गरिने कम्पनीले जनाएको छ। पाँच सातासम्म प्रत्येक साता करिब ५०० वटा भाउचर उपलब्ध गराइनेछ, जसले हजारौं फुटबल समर्थकलाई डीजीओमार्फत प्रत्यक्ष विश्वकप फुटबल हेर्ने अवसर प्रदान गर्नेछ।

इन्ड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले फुटबलले मानिसहरूलाई एकै ठाउँमा जोड्ने विशेष क्षमता राख्ने बताइन्। उनले विश्वकप फुटबल विश्वभरका लाखौं दर्शकको ध्यान केन्द्रित गर्ने प्रतियोगिता भएकाले डीजीओसँगको सहकार्यमार्फत प्रयोगकर्तालाई पुरस्कार प्रदान गर्नुका साथै उनीहरूलाई मनपर्ने खेलसँग जोड्ने प्रयास गरिएको बताइन्।

डीजीओका प्रमुख सञ्चालन अधिकृत रोशन निरौलाले आजका फुटबल समर्थकले खेल हेर्ने माध्यममा सहजता र पहुँचको अपेक्षा गर्ने बताए। नेपालमा विश्वकप फुटबल प्रसारणको आधिकारिक डिजिटल प्लेटफर्मका रूपमा डीजीओले गुणस्तरीय फुटबल मनोरञ्जन अझ धेरै दर्शकमाझ पुर्‍याउन प्रतिबद्ध रहेको उनको भनाइ छ। इन्ड्राइभसँगको सहकार्यले नयाँ र रोचक तरिकाबाट समर्थकसँग जोडिने अवसर प्रदान गरेको उनले बताए।

‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियानले नेपालभर रहेको फुटबलप्रतिको उत्साहलाई उत्सवका रूपमा मनाउँदै उपभोक्तालाई थप लाभ प्रदान गर्न विभिन्न ब्रान्डबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय सिम र अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवा उपलब्ध हुने

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय...

वि.सं.२०८३ साउन १३ बुधवार २३:३१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष...

वि.सं.२०८३ साउन १३ बुधवार २३:१८

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...