NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धित महर्षि कलेजबीच नेपालभर कृत्रिम बौद्धिकता ९एआई० शिक्षा तथा प्रविधि सीप विस्तार गर्ने उद्देश्यले पाँच वर्षे रणनीतिक समझदारी ९ःयग्० मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार एआई, कोडिङ तथा भविष्यका प्रविधि सीप सातै प्रदेशका युवामाझ पुर्‍याउने, कक्षा शिक्षालाई उद्योगसँग जोड्ने तथा विद्यार्थीलाई डिजिटल नवप्रवर्तकका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रमअन्तर्गत उच्चस्तरीय कोडिङ बुटक्याम्प, ह्याकाथन, इनोभेसन च्यालेन्ज, स्टार्टअप इन्कुबेसन तथा शिक्षक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। यी कार्यक्रममार्फत विद्यार्थीलाई व्यावहारिक सीप, उद्यमशीलता र रोजगारीका अवसरसँग जोड्ने योजना रहेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रा।लि।का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० चिरञ्जीबी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि बोल्दै क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीले एआईको प्रयोगकर्तामात्र नभई सिर्जनाकर्ताका रूपमा नेपाली युवालाई स्थापित गर्ने उद्देश्यले साझेदारी गरिएको बताए। उनले सातै प्रदेशमा बुटक्याम्प, नवप्रवर्तन कार्यक्रम र स्टार्टअप सहयोग विस्तार गर्दै युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरसँग जोडिने विश्वास व्यक्त गरे।

महर्षि कलेजका प्रिन्सिपल आचार्यले शैक्षिक अध्ययनलाई उद्योगको व्यावहारिक अनुभवसँग जोड्दै दक्ष र प्रविधिमैत्री जनशक्ति उत्पादन गर्न यो सहकार्य महत्त्वपूर्ण हुने बताए।

हस्ताक्षर समारोहमा क्यान महासंघका उपाध्यक्ष सुवास खड्का, केन्द्रीय सदस्य तथा शिक्षा समितिका सह–संयोजक ओंकार बस्नेतलगायत शिक्षा तथा सूचना प्रविधि क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विश्वव्यापी रूपमा एआई र अत्याधुनिक प्रविधिको प्रभाव बढिरहेका बेला नेपालका युवालाई प्रतिस्पर्धी, दक्ष र नवप्रवर्तनमुखी बनाउने दिशामा यो सहकार्य कोशेढुंगा सावित हुने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्।

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

टाटा कार्निभलको चौथो संस्करण कुनै पनि पुरानो गाडी दिएर नंया...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...