NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि हवाई यात्रालाई थप सहज, समावेशी र पहुँचयोग्य बनाउने विषयमा ज्येष्ठ नागरिक अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (OHCHR) तथा International Aviation Innovation Organization (IAIO–NARDO) को विशिष्ट प्रतिनिधिमण्डलसँग संवाद गरेको छ।

एअरलाइन्सका अनुसार जुलाई २४ मा प्रधान कार्यालयमा आयोजित अन्तरक्रियामा OHCHR अन्तर्गत ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा. चित्रलेखा मास्सी, IAIO–NARDO का संयुक्त राष्ट्रसंघीय कार्यालय (UNOG) तथा युरोपेली संघसम्बन्धी निर्देशक चाइ शुआई तथा संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गत ज्येष्ठ नागरिक अधिकारसम्बन्धी अधिकृत चेन केजियान सहभागी थिए।

छलफलका क्रममा ज्येष्ठ नागरिकले हवाई यात्रा गर्दा भोग्नुपर्ने चुनौती, उनीहरूलाई प्रदान गरिने सेवामा सुधार तथा हवाई यात्रालाई थप समावेशी र पहुँचयोग्य बनाउने उपायबारे विचार आदानप्रदान भएको एअरलाइन्सले जनाएको छ। सो अवसरमा हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि हाल उपलब्ध गराइरहेको सेवा तथा आगामी योजनाबारे पनि जानकारी गराएको थियो।

कार्यक्रममा डा. मास्सीले ज्येष्ठ नागरिकका अधिकार तथा विभिन्न देशमा अपनाइएका उमेरमैत्री अभ्यासबारे जानकारी दिँदै यस्ता अभ्यासको प्रवर्द्धनका लागि निरन्तर ज्ञान आदानप्रदान र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताइन्। उनले समावेशी हवाई सेवा प्रवर्द्धनका लागि आफ्नो संस्थाले आवश्यक ज्ञान, अनुभव र विशेषज्ञता उपलब्ध गराउँदै सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरिन्।

हिमालय एअरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले उमेरका आधारमा कुनै पनि यात्रुप्रति विभेद नगर्ने नीति एअरलाइन्सले अवलम्बन गरेको बताउँदै प्रत्येक यात्रुले सम्मानजनक, सहज र मर्यादित यात्रा अनुभव गर्न पाउनुपर्नेमा जोड दिए। उनले अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँगको छलफलबाट प्राप्त अनुभवले सबैका लागि पहुँचयोग्य र समावेशी हवाई यात्रा सुनिश्चित गर्ने प्रयासलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

हिमालय एअरलाइन्सले उक्त अन्तरक्रियालाई यात्रुकेन्द्रित, सम्मानजनक तथा समावेशी हवाई सेवा विकासतर्फको महत्त्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ। साथै, भविष्यमा पनि ज्ञान आदानप्रदान, सिकाइ र सहकार्यलाई निरन्तरता दिँदै सबै यात्रुका लागि पहुँचयोग्य हवाई सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...