NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन्। पाँडेले गत साउन २९ गते अर्थात् १४ अगस्ट २०२६ देखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार ग्रहण गरेका हुन्।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव रहेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायतका बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

उनको बैंकिङ अनुभव योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार बैंकिङ, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालनलगायतका क्षेत्रमा रहेको छ। साथै ट्रेड फाइनान्स, ट्रान्जेक्सन बैंकिङ, मर्जर तथा एक्विजिसन, बैंक एकीकरण, वित्तीय विश्लेषण, उत्पादन विकास तथा दिगो एवं हरित बैंकिङमा समेत उनले अनुभव हासिल गरेका छन्।

पाँडेले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणीमा तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीटेक उपाधि हासिल गरेका छन्।

नेतृत्व क्षमता र नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिसँगै बैंकले उनको लामो बैंकिङ अनुभव तथा वित्तीय विशेषज्ञताबाट व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार र रणनीतिक लक्ष्य प्राप्तिमा थप योगदान पुग्ने विश्वास लिएको जनाएको छ।

माछापुच्छ्रे बैंकले पछिल्लो समय व्यवसाय विस्तारसँगै डिजिटल बैंकिङ, ग्राहक सेवा तथा संस्थागत क्षमता अभिवृद्धिमा जोड दिँदै आएको छ। पाँडेको जिम्मेवारीले बैंकको आगामी रणनीतिक कार्यदिशा कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२८

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै पाल्पाको...