NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी साधनमा अब एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान हुने भएको छ। यसका लागि एनसेल र नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कबीच कनेक्टेड भेइकल सेवा उपलब्ध गराउनेसम्बन्धी साझेदारी भएको हो।

साझेदारीपछि बीवाईडीका सवारी साधनमा छुट्टै उपकरण, मोबाइलको हटस्पट वा फोन कनेक्ट नगरी सवारी साधनबाटै इन्टरनेट कनेक्टिभिटी प्रयोग गर्न सकिनेछ। आईओटी सिममार्फत उपलब्ध हुने कनेक्टिभिटीले बीवाईडी एप इकोसिस्टम तथा कनेक्टेड इन्फोटेनमेन्ट सुविधालाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ।

यस सुविधामार्फत प्रयोगकर्ताले सवारी साधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायत अनलाइन सेवा तथा डिजिटल मनोरञ्जन प्रयोग गर्न सक्नेछन्। साथै, कनेक्टेड नेभिगेसनलगायतका सुविधामा समेत प्रत्यक्ष सवारी कनेक्टिभिटीले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले आईओटी सेवासम्बन्धी साझेदारीले बीवाईडीका सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा तथा इन्टेलिजेन्ट मोबिलिटीको अनुभव थप सहज बनाउने बताए।

उनका अनुसार बीवाईडी एप तथा लोकप्रिय इन्फोटेनमेन्ट सेवाका लागि प्रत्यक्ष सवारी कनेक्टिभिटी उपलब्ध हुँदा प्रयोगकर्ताले बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर हुनुपर्ने अवस्था कम हुनेछ। स्थानीय मोबाइल नेटवर्कमा सवारी साधन कनेक्ट हुँदा नेभिगेसनलगायतका कनेक्टेड सेवामा समेत थप सहजता आउने उनले बताए।

कम्पनीका अनुसार आईओटी सिममार्फत एनसेलको देशभर फैलिएको नेटवर्क कभरेजको लाभ लिन सकिनेछ। यद्यपि वास्तविक कनेक्टिभिटी अनुभव भने स्थान, नेटवर्क कभरेज, सवारी साधनको कन्फिगरेसन तथा उपलब्ध सेवाअनुसार फरक पर्न सक्नेछ।

यो सुविधा बीवाईडीका नयाँ ग्राहकमा मात्र सीमित नहुने भएको छ। यसअघि नै बीवाईडीका सवारी साधन प्रयोग गरिरहेका ग्राहकले समेत नेपालभर रहेका १३ वटा आधिकारिक बीवाईडी सर्भिस सेन्टरमध्ये आफूलाई पायक पर्ने सेन्टरमा गएर आफ्नो सवारी साधनमा एनसेलको आईओटी सिम जडान गर्न सक्नेछन्।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी प्राविधिक नवप्रवर्तनमा अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै एनसेलसँगको सहकार्यले ग्राहक अनुभवलाई थप उन्नत बनाउने बताए।

उनका अनुसार भरपर्दो इन–भेइकल कनेक्टिभिटीले बीवाईडीका प्रयोगकर्तालाई सवारी साधनमा उपलब्ध इन्टेलिजेन्ट सुविधाको पूर्ण उपयोग गर्न सहज बनाउनेछ।

एनसेलका अनुसार ग्राहकले प्राप्त गर्ने कनेक्टिभिटी प्लान, सेवा अवधि तथा शुल्क भने सम्बन्धित सवारी साधन वा सेवा प्याकेजअनुसार फरक हुनेछ। त्यस्तै, उपलब्ध इन्फोटेनमेन्ट तथा अन्य डिजिटल सुविधाहरू सवारी साधनको मोडल, सफ्टवेयर तथा नेपालमा उपलब्ध सेवामा निर्भर रहनेछन्।

यो साझेदारीसँगै नेपालमा विद्युतीय सवारी साधनलाई केवल यातायातको माध्यममा सीमित नराखी इन्टरनेट, मनोरञ्जन, नेभिगेसन तथा अन्य डिजिटल सेवासँग जोड्ने कनेक्टेड मोबिलिटीको अवधारणालाई थप बल पुग्ने देखिएको छ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२८

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै पाल्पाको...