NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न होटल, रेष्टुरेन्ट, स्वास्थ्य संस्था तथा अन्य सेवामा विशेष छुट पाउने भएका छन्।

बैंकले ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टलगायत विभिन्न क्षेत्रका संस्थासँग सम्झौता गरी विशेष छुटको व्यवस्था गरेको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले मनकामना हिलक्रेष्ट होटल, एलोफ्ट काठमाडौं, एल्लो हात्ती, अल्फा केयर डायग्नोस्टिक सेन्टर, दृष्टि आई केयर, ओरियन्ट क्याफे र होटल स्मारकका विभिन्न सेवा प्रयोग गर्दा छुट पाउनेछन्।

ग्राहकले कुरिनटार, चितवनस्थित मनकामना हिलक्रेष्ट होटलको आवास तथा रेष्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, ठमेलस्थित एलोफ्ट काठमाडौंको खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

लाजिम्पाटस्थित एल्लो हात्तीको उपहार सामग्री खरिदमा १० प्रतिशतसम्म तथा बुद्धनगरस्थित अल्फा केयर डायग्नोस्टिक सेन्टरको स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ।

यसैगरी, कलंकीस्थित दृष्टि आई केयरमा नाक, कान, घाँटी तथा आँखा उपचार एवं प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। दरबारमार्गस्थित ओरियन्ट क्याफेको खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म र हेटौंडास्थित होटल स्मारकको आवास तथा खाना एवं पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाइनेछ।

बैंकका अनुसार यस्तो सहकार्यबाट आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। बैंकले ग्राहकको दैनिक जीवनसँग सम्बन्धित विभिन्न सेवामा सहज तथा अतिरिक्त सुविधा उपलब्ध गराउने उद्देश्यले यस्ता साझेदारीलाई निरन्तरता दिँदै आएको जनाएको छ।

३२ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ। बैंकले प्रविधिमैत्री बैंकिङ सेवासँगै ग्राहक अनुभवलाई थप सहज बनाउनेतर्फ जोड दिँदै आएको जनाएको छ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२८

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै पाल्पाको...