NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र वित्तीय साक्षरताका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमबाट गत आर्थिक वर्षमा लाखौं नागरिक लाभान्वित भएको जनाएको छ।

बैंकले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार सीएसआरलाई परोपकारी सहयोगमा मात्र सीमित नराखी दिगो विकास, समावेशी वृद्धि र समुदायसँगको दीर्घकालीन सहकार्यको माध्यमका रूपमा अघि बढाउँदै आएको छ।

वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले सातै प्रदेशमा रहेका आफ्ना १४८ शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रममार्फत करिब १० हजार विद्यार्थी, महिला, किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्ति तथा अन्य लक्षित वर्गलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङ, साइबर सुरक्षा र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको बैंकको दाबी छ।

बैंकका अनुसार हालसम्म सञ्चालन गरिएका १०० भन्दा बढी सीएसआर कार्यक्रमबाट सातै प्रदेशका लाखौं नागरिक प्रत्यक्ष तथा परोक्ष रूपमा लाभान्वित भएका छन्।

स्वास्थ्य क्षेत्रमा बाराको विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ। उक्त शिविरमा करिब ८०० जनाको आँखा परीक्षण गरिएको थियो भने मोतिबिन्दु पहिचान भएका करिब १५० जनाको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, म्याग्दीको भगवती स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानीका लागि आवश्यक एचडीपीई पाइप हस्तान्तरण गरिएको छ। यसबाट वडा नं. १ र २ का ४,३०० भन्दा बढी स्थानीयवासी लाभान्वित हुने बैंकले जनाएको छ।

वातावरण संरक्षणअन्तर्गत ‘एक खाता, एक रुख’ अभियान सञ्चालन गर्दै बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा काठमाडौंको बूढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा करिब २५० बिरुवा रोपेको थियो। साथै, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत वृक्षारोपण कार्यक्रम सञ्चालन गरी देशभर कुल १,५०० बिरुवा रोपिएको बैंकले जनाएको छ।

शिक्षा क्षेत्रमा बैंकले कर्णाली प्रदेशको हुम्ला जिल्लास्थित अदानचुली गाउँपालिका–३ को श्री छत्रपाल आधारभूत विद्यालयका २०५ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ। साथै, दृष्टिविहीन विद्यार्थीहरूका लागि ब्रेल पेपर, ई–ग्रेड ब्रेल स्टाइलस, इन्टरपोइन्ट ब्रेल स्लेट, विद्यालय झोला तथा आवश्यक सफ्टवेयरसहितका शैक्षिक सामग्री उपलब्ध गराइएको जनाएको छ।

सिटिजन्स बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वलाई आफ्नो संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा निरन्तरता दिँदै समाज, वातावरण र राष्ट्रको दिगो विकासमा थप प्रभावकारी योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटलदेखि स्वास्थ्य सेवासम्म...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३१

  काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका डेबिट कार्ड, क्रेडिट...

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम, दैनिक १ लाखसम्म पुरस्कार

कुमारी बैंकको मोबाइल बैंकिङमा आईआरडी प्रोत्साहन कार्यक्रम,...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:२६

  काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण...

वि.सं.२०८३ भदौ २ मंगलवार १०:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...