CG Electronics
IME Life
NIMB

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल पुनः निर्वाचित भएका छन्।भक्तपुरस्थित होटल घ्याम्पेडाँडामा सम्पन्न अधिवेशनले अच्युतराज खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

संघको १९औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत रूपमा चयन गरिएको हो। नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा ढुवानी व्यवसायको विकास, व्यवसायीका हकहित संरक्षण तथा क्षेत्रका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

संघको वरिष्ठ उपाध्यक्षमा अरुणकुमार श्रेष्ठ, उपाध्यक्षमा धिरज जोशी, सचिवमा टेकराज पोखरेल, सहसचिवमा पवन सिलवाल तथा कोषाध्यक्षमा चुडामणि खतिवडा निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा श्रद्धा श्रेष्ठ, राजीव खड्का, अनिल पन्त, ज्ञानेन्द्र गौडेल र वेदप्रसाद पोखरेल निर्वाचित भएका छन्।संघका निर्वाचन अधिकृत देवराज भण्डारीले अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एंव पूर्वाधार समितिका सभापति आशिष गजुरेलले ढुवानी व्यवसायलाई व्यवस्थित गर्दै लाने विषयमा आफूहरु सचेत भएको बताए। ‘विश्वास गर्नुस् हामी काठमाडौँ उपत्यकामा ट्रान्सपोर्ट नगर चाँडै बनाउँछौँ। ढुवानी व्यवसायमा यातायात पूर्वाधार, भिसिटिएस लगायतका विषयमा कुरा आएका छन्। यी विषयमा थप अध्ययन गरेका छौँ।’, उनले भने।

निर्वाचित पदाधिकारिलाई शुभकामना दिँदै उनले उपयुक्त व्यक्तीलाई चुनेर पठाउँदा समग्र व्यवसायमा हितमा काम गर्ने विश्वास व्यक्त गरे।

नेपाल सामान ढुवानी व्यवसायी संघले “राष्ट्र निर्माणको आधार, सुरक्षित ढुवानीको समृद्ध व्यापार” भन्ने नारासहित देशभरका ढुवानी व्यवसायीहरूको साझा हितका लागि काम गर्दै आएको छ। नवगठित कार्यसमितिले व्यवसायीहरूको पेशागत सुरक्षा, नीतिगत सुधार तथा ढुवानी क्षेत्रको आधुनिकीकरणमा विशेष ध्यान दिने जनाएको छ।

यस्तै निर्वाचन पश्चात सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष खनालले ढुवानी व्यवसायलाई व्यवस्थित गर्ने सवालमा आफू सधै सबैसँग मिलेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...