CG Electronics
IME Life
NIMB

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

NIMB
Himalayan Bank

 

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३ को उपाधि ट्रेन्ड्स टु किल (टीटुके)ले जितेको छ । ललितपुरको कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजमा शनिबार र आइतबार सम्पन्न प्रतियोगितामा टीटुकेले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

टीटुकेले १० खेलमा दुई वटा ‘विनर विनर चिकेन डिनर’ सहित कुल ११३ अंक जोड्दै उपाधि जितेको हो । विजेता बनेसँगै टोलीले ट्रफीसहित नगद रु. ५० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा द फोर इलिमेन्ट्स (टीफोरई) उपविजेता बन्यो । तीन वटा ‘चिकेन डिनर’ सहित १०४ अंक जोडेको टीफोरईले नगद रु। २० हजार प्राप्त गर्यो । त्यसैगरी, जेरो फियर ई–स्पोर्ट्स (जेडएफ)ले तीन वटा ‘चिकेन डिनर’ सहित ९७ अंक जोड्दै तेस्रो स्थान हासिल गर्यो र नगद रु. १० हजार प्राप्त गर्यो ।

 

प्रतियोगितामा विभिन्न विधाबाट छनोट भएका १६ टोलीको सहभागिता रहेको थियो । ग्लोबल ओपन सिरिज खेलेको चर्चित टोली टीटुके तथा सन् २०२२ को ग्लोबल च्याम्पियनसिपको सेकेन्ड रनरअप टोली एएसएललाई विशेष स्लट प्रदान गरिएको थियो । त्यस्तै, बंगलादेशको राष्ट्रिय च्याम्पियन टोली एवान् आरजीले पनि सहभागिता जनाएको थियो । एएसएल र एवान् आरजीले अनलाइनमार्फत प्रतिस्पर्धा गरेका थिए ।

गर्ल्स क्वालिफायरबाट ६९ ई–स्पोर्ट्स र एएमजेडले स्थान बनाएका थिए भने बोइस क्वालिफायरबाट फोरडीएम, टीबीजी, जेडएफ, एसटी, औरा, टीफोरई र पाब्लो ई–स्पोर्ट्सले प्रतिस्पर्धा गरेका थिए । साथै, वेस्टमिन्स्टर कलेजको इन्ट्रा कलेज पब्जी प्रतियोगिताबाट छनोट भएको एक टोलीले पनि शो डाउनमा प्रतिस्पर्धा गरेको थियो ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी)’ को उपाधि टीटुकेका इग्नियसले जिते । उनले प्रतियोगिताभर २५ वटा इलिमिनेसन गर्दै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरेका थिए । उनलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रतियोगिताको व्यवस्थापन ई–स्पोर्ट्स हब अफिसियल तथा ब्रोडकास्ट पार्टनर मिथिकल ई–स्पोर्ट्स रहेको थियो । हरेक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगितामा दर्शकहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो ।

वेस्टमिन्स्टर कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै आएको छ। कलेजले आगामी शैक्षिक सत्रहरूमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने कलेजका इभेन्ट्स एण्ड इन्गेजमेन्ट म्यानेजर सुवार गौलीले जानकारी दिनुभयो ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...