IME Life
NIMB

तेक्वान्दो खेलाडीलाई सदस्य–सचिव सिलवालको राहत

NIMB
Himalayan Bank

काठमाडौं-कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको तर्फबाट सहयोग स्वरुप शुक्रबार खाद्यान्न प्रदान गरिएको छ ।
दिलिप स्मृति तेक्वान्दो डोजाङका ४० खेलाडीलाई राहत वितरण गरिएको हो । करिब ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको थियो ।
सदस्य–सचिवका स्वकीय सचिव मनोज खड्गी, स्नुकरका चार पटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, तेक्वान्दो प्रशिक्षक हीरा थापा, डोजाङ प्रमुख राजेन्द्र खत्रीलगायतले खेलाडीलाई राहत वितरण गरे । सदस्य–सचिव सिलवाल आफै उपस्थित भइ राहत वितरण गर्ने कार्यक्रम भएपनि कार्य व्यस्ताका कारण उपस्थित हुन पाएनन् ।

काठमाडौं तेक्वान्दो कार्यसमितिब̊ारा खेलाडीलाई सहयोग
काठमाडौं, जेठ २३– काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले आफ्नो मातहतमा रहेका डोजाङ र विद्यालयमा प्रशिक्षण गर्ने तेक्वान्दो खेलाडीलाई सहयोग गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका काठमाडौं भित्रका तेक्वान्दो खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले खाद्यान्न प्रदान गरेको हो । कार्यसमितिका सचिव कुमार लामा घिसिङले लकडाउनका कारण समस्या परेका ७० परिवारलाई खाद्यान्न प्रदान गरेको बताए । पहिलो चरणमा उनीहरूलाई चामल, दाल, तेल र नुन प्रदान गरिएको थियो । कार्यसमितिका सचिव घिसिङ, कोषाध्यक्ष बब्लु शिवाकोटी र खोटाङ जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष अर्जुनभक्त राईको पहलमा कुल एक लाख ३६ हजार बराबरको खाद्यान्न प्रदान गरिएको थियो ।


पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका हङकङमा बस्दै आएका राजु खड्काले २० बोरा चामल र ७० प्याकेट नुन, त्यसै गरि हङहङकमा बस्दै आएका नेत्र तिमल्सिना र विमला पुनले १० बोरा चामल, हाल कतार बस्दै आएका टेकप्रसाद गोतामेले ५ बोरा चामल, स्वयम्भु निवासी समाजसेवी राजु शाक्यले ७० लिटर तेल र कार्यसमितिका कोषाध्यक्ष बब्लु शिवाकोटी ,तेक्वान्दो खेलाडी प्रदीप कडेंल र तेक्वान्दो खेलाडी गोपाल भन्डारीले १ सय ४० किलो दाल प्रदान गरेका थिए । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव कुमार लामा घिसिङले पहिलो चरण सहयोग गरिएको उल्लेख गर्दै लकडाउन धेरै लम्बिएमा समस्यामा परेका खेलाडी पहिचान गरी दोस्रो चरणमा सहयोग गर्ने बताए ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...