मालपोत कार्यालय खुल्ने आइतबारदेखि
Saturday Jun 06, 2020
वि.सं.२०७७ जेठ २४ शनिवार ०८:४३
काठमाडौं – आइतबारदेखि सबै मालपोत कार्यालय खुल्ने भएको छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार सूचना जारी गर्दै आइतबार सबै कार्यालय खोल्न भनेको हो । विभागका शाखा अधिकृत कृष्णप्रसाद जोशीद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, २५ गते आइतबारदेखि कार्यालय प्रमुखको अनिवार्य उपस्थितीमा आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न आदेशअनुसार अनुरोध गरिएकको ।
लकडाउनका कारण कार्यालय बन्दहुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएको छ ।























