IME Life
NIMB

महेन्द्र श्रेष्ठ जहाँ ,लफडा त्यहाँ

NIMB
Himalayan Bank

काठमाडौं –स्वास्थ्य सेवाका कर्मचारी समायोजनदेखि नै विवादमा मुछिएकाकर्मचारी हुन् महेन्द्र प्रसाद श्रेष्ठ । स्वास्थ्य सेवाको कर्मचारी समायोजनको क्रममा लफडा गरेको चार्ज उनीमाथि लाग्दै आएको थियो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नियुक्त भएपछि सिनियर डाक्टरहरुलाई उपेक्षा गर्दै महेन्द्रलाई बोकेर स्वास्थ्य सेवा विभागको हाकिम बनाए । त्यहँँ पनि मेडिकल माफियाहरुको स्वार्थ अनुकुल हुनेगरी मात्र काम गरे । सिंगो मूलुक कोरोनासँग लडिहरँदा महेन्द्र श्रेष्ठ र भोगेन्द्र डोटेलहरुको समूह गुणस्तरहीन ठानिएको आरडिटी कीट ल्याउनमै जोड बल गरिरहे ।

पहिलो चरणमा ७५ हजारको संख्यामा ओम्नी समूहसँग यस्तो कीट ल्याइएकोमा गत साता मात्र थप १ लाख २५ हजार संख्यामा फेरि आरडिटी कीट भित्राउन महेन्द्रहरु सफल भए । तेश्रो चरणमा डेढ लाख संख्यामा आरडिटी कीट खरिद प्रक्रिया अघि बढाइरहेकै बेला गत बिहिबार स्वास्थ्य सेवा विभागबाट मन्त्रालयमा तानिएका महेन्द्र श्रेष्ठ र भोगेन्द्र डोटेलहरु । शुक्रवारै उनै महेन्द्रलाई नयाँ जिम्मेवारी दिइएको छ । मेडिकल सामाग्री खरिद प्रकरणमा मुछिएका महेन्द्र प्रसाद श्रेष्ठलाई नयाँ जिम्मेवारी दिइएको छ ।
लाई छाउनीस्थित सिएमसीको कार्यालयमा काजमा खटाइएको छ । त्यहाँ प्रधानमन्त्री कार्यालयका सचिव संयोजक छन्।

कोभिड—१९ क्राइसिस म्यानेजमेण्ट सेन्टर सिसीएमसीमा सेनाका दुई तारे जर्नेल,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२ औं तहका प्रमुख विशेषज्ञ र अर्थ मन्त्रालयका सह—सचिव सहितको समिति रहेको छ । सोही समितिमा काजमा महेन्द्रलाई खटाइएको हो।सो सेन्टरअन्तर्गत मेडिकल, सुरक्षा, सामाग्री व्यवस्थापन र संचार हेर्ने छुट्टै टिम रहेको छ । जसमा मेडिकलतर्फ स्वास्थ्य मन्त्रालय योजना अनुगमन तथा मुल्यांकन शाखाका प्रमुख डा। गुणराज लोहनी नेतृत्वको टिमले हेर्छ । त्यसैगरी सुरक्षा हेर्ने गृह मन्त्रालयका सह—सचिव रहेका छन् भने सामाग्री व्यवस्थापन स्वास्थ्य सेवा विभागको महानिर्देशकलाई जिम्मा दिइएको छ । संचारको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्तालाई दिइएको छ । हेर्न बाँकी छ उनले सिएमसीका के कस्ता लफडा मच्चाउने हुन् ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...