CG Electronics
IME Life
Ncell NPL

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर साउन २२ देखि लिलामीमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर साउन २२ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ ।
कम्पनीले फागुन २२ गतेदेखि असार २५ गतेसम्म विक्री खुला गरेको ६० प्रतिशत हकप्रद शेयर मध्य १ लाख ६१ हजार ७६ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । कुल कित्तामध्य संस्थापकतर्फ ८१ हजार २२४ दशमलव ७५ कित्ता र सर्वसाधारण तर्फ ७९ हजार ८५३ दशमलव २५ कित्ता रहेको छ ।

यो शेयरको न्यूनतम मूल्य रू। १०० तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गरि साउन २९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा दुवै तर्फको शेयरका लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।

बोलपत्र विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँबानेश्वर, काठमाडौं र लक्ष्मी बैंकको विर्तामोड, जनकपुर, विराटनगर, हेटौडा, नारायणगढ, बुटवल, बीरगंज, बाग्लुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर शाखामा प्राप्त गर्न र बुझाउन सकिनेछ । साथै एनएलजी इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा पनि आवेदन बुझाउन सकिने व्यवस्था छ ।

कम्पनीले माघ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० मा कारोबार भई कायम साविक शेयरधनीहरुका लागि ६० प्रतिशतका दरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।

कम्पनीले रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ३६ लाख ८१ हजार ३५९ दशमलव ५० कित्ता हकप्रद शेयर साउन ९ गते बाँडफाँट गरेको हो । हाल रू। ६४ करोड ४ लाख ६ हजार चुक्तापूँजी रहेको कम्पनीले रू। १ अर्ब पूँजी कायम गर्न हकप्रदको सहारा लिएको हो ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...