एभरेष्ट बैंकले आँखा अस्पताललाई १० लाख बराबरको मेसिन हस्तान्तरण
Sunday Aug 02, 2020
वि.सं.२०७७ साउन १८ आइतवार २३:४७

काठमाडौं –एभरेष्ट बैंकले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका श्री रण अम्बिका शाह आँखा अस्पताल तथा रिसर्च सेन्टरलाई अटोरेफ्रेक्तोर मिटर र केरातोमिटर नामक उपकरण हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई १० लाख १५ हजार मुल्य बराबरको उक्त उपकरण हस्तान्तरण गरेको हो ।
दृष्टीदोष पत्ता लगाईसकेपछि प्रयोग हुने चस्माको पावर जाँचका लागि उक्त मेसिन प्रयोग गरिने अस्पतालले जनाएको छ ।
उक्त उपकरण अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई बैंकका प्रदेश नं ५ प्रमुख बिष्णु प्रसाद ज्ञवालीले हस्तान्तरण गरेका हुन् ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९५ शाखा संजाल, प्रादेशिक कार्यालय, १२४ एटीएम बुथ सहित अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।




























