CG Electronics
IME Life
Ncell NPL

एनएलजीको १ लाख ६१ हजार कित्ता शेयर लिलामीमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६१ हजार ७८ कित्ता शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ७९ हजार ८५३ दशमलव २५ कित्ता र संस्थापक समूहको ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता लिलामी मार्फत विक्री गर्ने भएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले साउन २२ गते बिहीबारदेखि साउन २९ गते बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने सकिने जनाएको छ ।

एनएलजी इन्स्योरेन्सले २०७६ फागुन २२ गतेबाट असार २५ गतेसम्म १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद बिक्रीमा ल्याएकोमा ३६ लाख ८१ हजार ३५९ कित्ता मात्र बिक्री भएको थियो। सो शेयरमा आवेदन नपरेको शेयर बिक्रीमा ल्याइएको हो।

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, एनएलजीको केन्दीय कार्यालय पानिपोखरी लाजिम्पाट, र लक्ष्मी बैंकको विर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटबल मिलनचोक, वीरगञ्ज, वाग्लुङ्ग, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी, र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने जनाइएको छ।

लिलामीका लागि आवेदन दिँदा न्यूनतम मूल्य १०० रुपैयाँ वा सोभन्दा बढीमा प्रतिस्पस्र्धात्मक मूल्यमा आवेदन दिन सकिन्छ। यस्तै न्यूनतम १०० वा १० ले निशेष भाग जानेगरि लिलामीमा आएको सम्पूर्ण कित्ताका माग गरी बोलपत्र पेश गर्न सकिनेछ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...