शिखर इन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमासिक नाफा ४५ करोड १ लाख
Monday Aug 17, 2020
वि.सं.२०७७ भदौ १ सोमवार २२:२१

काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा शिखर इन्स्योरेन्सको नाफा बढेको छ । यस अवधिमा नाफा ६।३९५ ले बढेर ४५ करोड १ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष शिखरले ४२ करोड ३१ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बिमा कोषको आकार १।४४५ ले बढेर १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बिमा कोषको आकार १ अर्ब ४ करोड २२ लाख ९५ हजार रुपैयाँ थियो ।
यता, खुद बिमा शुल्क भने घटेको छ । अघिल्लो वर्ष १ अर्ब २८ करोड ६१ लाख ८९ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क असार मसान्त सम्ममा १ अर्ब १८ करोड ५४ लाख ६८ हजार रुपैयाँमा आएको छ । यो अघिल्लो वर्षको तुलनामा ७।८३५ ले कम हो । असार मसान्तसम्म आइपुग्दा यस इन्सुरेन्सले १ अर्ब ६७ करोड १८ लाख ७२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।
८० करोड ४७ लाख ९१ हजार रुपैयाँ कुल दाबी भुक्तानी हुन बाँकी छ । यसअ वधिमा प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ २८८ रुपैयाँ ०२ पैसा रहेको छ । यस कम्पनीले महाविपत्ति कोषमा ९ करोड ४३ लाख ४३ हजार रुपैयाँ राखेको छ ।




























