CG Electronics
IME Life
Ncell NPL

रसुवाकी भुजेललाई २०२० को जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड प्राप्त

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं –  रसुवाकी दीपिशा भुजेलले २०२० को जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड प्राप्त गरेकी छिन् । उनलाई जोन्टा क्लब अफ काठमाडौं, डिस्ट्रिक्ट २५, एरिया २ ले छनौट गरेर पुरस्कारका लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनौटमा पठाइएको थियो ।
उनी जोन्टा डिस्ट्रिक्टको ३२ जना पुरस्कार प्राप्तकर्ता मध्ये एक हुन् जसले १५०० अमेरिकी डलर प्राप्त गर्नेछिन् । छनौट गरिएको ३२ जना मध्ये, उनी शिर्ष १० जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स २०२० बाट सम्मानित भएकी हुन् र ५००० अमेरिकी डलर पुरस्कार पाउनेछिन् । समग्रमा उनले कुल ६५०० अमेरिकी डलर प्राप्त गर्नेछिन् ।

यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड कार्यक्रमको लक्ष्य भनेको १६ वर्षदेखि १९ वर्षसम्मका युवा महिलाहरुलाई स्वयंमसेवी क्षेत्रतर्फ उनीहरुको प्रतिबद्धता र महिला सशक्तिकरण् ाप्रति समर्पणलाई मान्यता दिएर सार्वजनिक मामिलामा सहभागी हुन प्रत्सोहान गर्नु हो ।

आवेदकहरुलाई उनीहरुको स्कुल र समुदायप्रति तिनीहरुको स्वैच्छिक प्रतिबद्धताको साथै देश र विश्वव्यापी महिला सशक्तिकरणका सिमित समस्याहरुलाई प्रतिबिम्बित गर्न भनिएको थियो । जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड कार्यक्रमले आजका युवा महिलाहरुलाई भोलिका नेताको रुपमा हेर्दछ ।

भुजेलले १४ वर्षको उमेरमा क्यानेडियन रेडक्रस इमर्जेन्सी रेस्पोन्स युनिट ९ईआरयू० मा अनुवादको रुपमा काम गर्न शुरु गरिन जुन सन् २०१५ सालको भुकम्पपश्चात तैनाथ थिए र ईआरयूको साथमा अस्पताल र स्वास्थ्य शिविरमा पनि काम गरिरहेकी थिइन् ।

त्यतिखेर उनले खाँचोमा परेका मानिसहरुलाई सहयोग गर्ने उनको भावनालाई बुझिन जतिबेला उनका उमेरका मानिसहरु आफ्नो घरबाट बाहिर निस्कन समेत डराउथे । उनले आफ्नो स्कुलमा जुनियर रेडक्रस सर्कलको उपाध्यक्षमा काम गरेकी छिन् र जागृति बाल तथा युवा सरोकार नेपाल नामक एक गैर–सरकारी संस्थामा काम गरेकी थिइन जहाँ उनले युवा महिलाहरुलाई महिनावारी सम्बन्धी आफ्ना कथाहरु सुनाउने अवसर प्रदान गर्न अनलाइन प्ल्याटफर्मक शुरु गरिन् जसले यसमा संलग्न समस्याहरु उन्मुलन गर्न सहयोग गर्यो । हाल उनी नेपाल्स इभी नामक एक जर्मन अन्तर्राष्ट्रिय एक गैर–सरकारी संस्थामा शैक्षिक प्रोजेक्टमा कार्यरत छिन्, यसले दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई स्वास्थ्य समस्याका बारेमा शिक्षित गर्दछ ।

उनी बायोडिग्रेडेबल प्याड निर्माणमा संलग्न छिन् र उक्त परियोजनाको सबैभन्दा कान्छी सदस्य हुन् । उनी मनोविज्ञान र अंगे्रजी साहित्यमा स्नातक गरिरहेकी छिन् । यसका साथै उनी जर्मन पढिरहेकी छिन् र जर्मन भाषा अनुवादकको रुपमा काम गरिरहेकी छिन् ।

भुजेल महिलाहरुलाई आर्जन गर्ने गतिविधिका साथ सीपमुलक तालिम प्रदान गर्ने उद्देश्य राख्दछिन् र पुरुष केन्द्रित समाजमा महिलाहरुले आफ्ना लागि आफै बोल्न सिक्नुपर्छ र निर्णय गर्न सक्नुपर्छ भन्ने दृढ विश्वास राख्छिन् ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...