CG Electronics
IME Life
Ncell NPL

बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं –  प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

आज छोराछोरीहरूले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्ने गर्छन् । यसै कारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवस समेत भनिन्छ ।

आमाबाबु नहुनेले आजको दिन तीर्थ गएर श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । तर यो वर्ष कोरोनाको कहरले गर्दा मन्दिहरू बन्द रहेका छन् ।

विगतका वर्षहरूमा मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरि मनाइँथ्यो । आज गोकर्णेश्वर र बेत्रावती लगायत स्थानमा भव्य मेला लाग्थ्यो तर यो वर्ष कोरोनाका कारण गोकर्णेश्वर मन्दिर खुल्ने छैन । मेला पनि लाग्ने छैन ।

गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीनरतीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ ।

कुसेऔंसी

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...