सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपको (मोरु) बीच सम्झौता
Friday Oct 02, 2020
वि.सं.२०७७ असोज १६ शुक्रवार २०:२०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेकोमा थप सुबिधालाई मध्यनजर गर्दै पे नेपको ९मोरु० बीच सम्झौता भएको छ ।
यस सम्झौतासंगै ग्राहकहरुले इन्टरनेट बैंकिङ् तथा मोबाईल बैंकिङ्द्वारा आफ्नो खातामा रहेको रकम पे नेपको ९मोरु० मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
चेक र ब्त्ः को विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने बैंकले जनाएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।




























