IME Life
NIMB

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय सवारी साधन (ईभी) को बीमा, क्षति मूल्याङ्कन तथा मर्मत सम्भारमा देखिएका समस्या र समाधानका उपायबारे बुधबार कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा ईभीको क्षति मूल्याङ्कनमा एकरूपता कायम गर्ने, बीमा दाबी तथा मर्मत सम्भारसँग सम्बन्धित चुनौतीहरू पहिचान गर्ने र सवारी साधन बीमा सम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक सुधारका लागि सुझाव संकलन गरिएको थियो।

प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै परम्परागत मोटर बीमालेखलाई परिमार्जन गर्ने वा ईभीका लागि छुट्टै बीमालेख ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले जोखिम विश्लेषणका लागि आयात, बिक्री, प्रयोग, क्षति, दाबी तथा भुक्तानीसम्बन्धी तथ्याङ्क व्यवस्थित रूपमा संकलन गर्न सरोकारवालासँग आग्रह गर्नुभयो।

निर्देशक निर्मल अधिकारीले सरकारले ल्याएको तेस्रो पक्ष बीमा नीतिअनुसार मोटर बीमालेखको परिमार्जन तथा ईभी बीमालेखको आवश्यकता सम्बन्धमा सरोकारवालाको सुझाव लिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन, रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स, नेपाल सर्भेयर संघ तथा बीमक संघ नेपालले ईभीको वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे प्रस्तुति दिएका थिए।

सहभागीहरूले ईभीका पार्टपुर्जा महँगा हुने, मर्मतभन्दा पार्टपुर्जा प्रतिस्थापनमा जोड दिइने, ब्याट्रीको उच्च ह्रासकट्टी, पर्याप्त वर्कसपको अभाव तथा बीमा जोखिम मूल्याङ्कनमा देखिएका समस्याका कारण छुट्टै ईभी बीमालेख आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। साथै, चालक तालिम, पार्टपुर्जामा कर सहुलियत तथा ब्याट्री व्यवस्थापनसम्बन्धी स्पष्ट नीति आवश्यक रहेको सुझाव पनि दिइएको थियो।

यसैबीच, नेपाल बीमा प्राधिकरणले सोही दिन बीमा क्षेत्रमा वैकल्पिक वितरण प्रणाली सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको छ। कार्यक्रममा टेलिफोन, इन्टरनेट, पेमेन्ट गेटवे तथा डिजिटल वालेटमार्फत बीमा सेवा विस्तारका अवसर र चुनौतीबारे छलफल गरिएको थियो।

प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले वैकल्पिक वितरण प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण गरिने बताउनुभयो। उपनिर्देशक पुष्पा कुँवरले डिजिटल माध्यममार्फत दुर्गम क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका नेपालीसम्म सहज रूपमा बीमा सेवा पुर्‍याउन सकिने भएकाले प्राधिकरणले यसको विस्तारलाई प्राथमिकता दिएको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल टेलिकम, एनसेल, पेमेन्ट गेटवे तथा डिजिटल वालेट कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...