गरिमा बिकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भए
Saturday Oct 03, 2020
वि.सं.२०७७ असोज १७ शनिवार १६:२६

काठमाडौं । सहारा विकास बैंकलाई गरिमा बिकास बैंकले प्राप्ति गर्ने भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा दुवै बैंकबीच आज सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ।
सर्लाहीको मलंगवामा केन्द्रिय कार्यालय रहेको सहारालाई प्राप्ति गरेसँगै तराईमा पनि काठमाडौंमा केन्द्रिय कार्यलय रहेको गरिमाको उपस्थिति बलियो बनेको छ।
हाल गरिमा विकास बैंकको अधिकृत पुँजी ५ अर्व र जारी तथा चूक्ता पुँजी ३ अर्व २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ २६ पैसा रहेको छ भने सहारा विकास बैंकको अधिकृत पुँजी ५० करोड र जारी तथा चूक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको छ ।
देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरु मार्फत र सहारा विकास बैंक लिमिटेडले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेका छन् ।




























